खाडी मुलुकको उडान अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परेका छन् । यूएईको दुवई, कतारको दोहालगायत क्षेत्रको उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका हुन् ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ र २ मा फैलिएको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको सुन्दर गाउँ हो दुम्जा।
नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएसन फेसन शो– अनुकल्पित प्रभानम् एक अविस्मरणीय साँझका रूपमा सम्पन्न भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले काठमाडौंको चोमार क्षेत्रमा जे.भी एडभान्चर प्रा.लि. द्वारा काठमाडौंको चोभार क्षेत्रमा तयार परिएको ‘चोभार गोर्ज क्यानोेपी जिपलाइनमा’ रमाउँदै सर्वसाधारण । उक्त क्षेत्रमा करिब तीन अर्बको लगानीमा स्काइ ब्रिज, बञ्जी, रक क्लाइम्बिङ र होटल सञ्चानलमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । २०२५ भित्रमा स्काइ ब्रज, बञ्जी र रक क्लाइम्बिङ भने सञ्चालनमा आइसक्ने कम्पनीले जनाएको छ ।
आइतबार मनाइने छठपर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवश्यक सामग्री खरिदबिक्री गर्दै स्थानीयबासी ।
काठमाडौंको टेकुस्थित विष्णुमती खोलामाथि टेकु-कालीमाटी जोड्ने पुल तथा तीनकुनेस्थित बागमती खोलामाथि बन्दै गरेको पुल हालसम्म अलपत्र अवस्थामा छन्। पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रसनले लिएको छ।
खुवाको अर्थ नदीको पानी हो भने लुङको अर्थ ढुंगा। दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणी जलसायमा अवस्थित विशाल ढुंगालाई मुन्दुम मान्यता र विश्वासमा राख्ने गरिन्छ।