• २ असार २०८१, आइतबार

मलेसियामा मृत्यु भएका विकको परिवारलाई सहयोग

blog

वैदेशिक रोजगारीमा गएका मृतकका परिवारलाई सहयोगबापत ५० हजारको चेक हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख प्रहलाद क्षेत्री । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, जेठ ११ गते । मलेसियामा मृत्यु भएका आकाश विकको परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । बर्दिबास नगरपालिका ३ स्थित गौरीडाँडाका विक मलेसियामा रोजगारका सिलसिलामा मृत्यु भएको थियो । 

नगरप्रमुख प्रह्लाद क्षेत्रीले विकका पत्नी कुमारी कमलालाई शुक्रवार बिहान ५१ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो । आठ वर्ष अघि मलेसिया जानुभएका ३५ वर्षीया विकको गत वैशाख २१ गते मृत्यु भएको थियो ।