• ७ असार २०८१, शुक्रबार

भारतीय महावाणिज्य दूतावासद्वारा योग शिविर

blog

फाइल तस्बिर

कन्हैयालाल केशरी
पर्सा, असार १ गते । 
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा असार २ गते आइतबारदेखि असार ७ गते शुक्रबारसम्म मुलुकका विभिन्न छ ठाउँमा छ चरणमा योग शिविरको आयोजना गर्ने भएको छ । 

भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्य दूत देवी सहाय मिनाले अन्तर्राष्ट्रिय योग दिवसको स्थापना गर्ने प्रस्ताव भारतले गरेको र  नेपालसहित एक सय ७७ सदस्य राष्ट्रले अनुमोदन गरेपछि योगको महत्त्व र सान्दर्भिकता अझै बढ्दै गएकाले यसलाई अझै व्यापकता दिन तथा योगलेनैं निरोग राख्ने र स्वस्थ्य राख्ने भएकाले महावाणिज्य दूतावासले वीरगन्जमा मात्रै सीमित गरेको योग शिविरलाई व्यापकता दिन तथा यसको महत्त्व दर्साउन मुलुकको विभिन्न छ ठाउँमा योग शिविरको स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा आइतबार हेटौँडाको रोयल पार्टी प्यालेस, सोमबार चितवनको नारायणी नदी किनारमा, मङ्गलबार रौतहटको गौर राइस मिल्स जनकपुरधामको तिरहुतिया गाछीमा, बुधबार पर्साको शिवमन्दीरमा, बिहीबार समापन कार्यक्रम र शुक्रबार वीरगन्जको पुरानो बसपार्कमा राखिएको बताउनुभयो ।

महावाणिज्य दूत मिनाले योग शिविरमा विभिन्न ख्याति प्राप्त योग गुरु तथा लब्यप्रतिष्ठित व्यक्ति र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको र शिविर पूर्ण रूपले खुल्ला र निःशुल्क हुने जानकारी दिनुभयो ।