• २० असोज २०८१, आइतबार

गहवामाईको वार्षिक पूजा सम्पन्न

blog

गहवामाईको पूजा गरेर रथयात्राको शुभारम्भ गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह ।

कन्हैयालाल केशरी 

पर्सा, असार २३ गते । शक्ति पीठको रूपमा स्थापित गहवामाईको नवनिर्मित मन्दिरको १२ औँ वाषिर्क पूजा एवं दोस्रो रथयात्रा आइतबार उत्सवकासाथ सम्पन्न भएको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले एक विशेष कार्यक्रममा गहवामाईको मन्दिर परिसरमा पूजा गरेर रथयात्राको शुभारम्भ गर्नुभएको थियो । 

त्यस लगत्तै शोभा यात्रा तथा रथयात्रामा सहभागी हजारौँ सहभागी भक्त जनहरूले नगरको विभिन्न भागको परिक्रमा गरेर मन्दिर परिसरमा आएर रथयात्रा सम्पन्न भएको थियो ।

रथयात्रा समितिका संयोजक श्याम पोखरेलले माताको प्रसादको रूपमा सोमबार निःशुल्क महाप्रसादको आयोजना गरिएकोले सयमा सहभागी भएर महाप्रसाद ग्रहण गर्न सबै भक्तजनलाई अपिल गर्नुभएको छ । 



यस्तै गहवामाईको नवनिर्मित भवन तथा मन्दिरको १२औँ वाषिर्क पूजा माईस्थान मन्दिर सञ्चालन समिति भव्यताका साथ मनाएको छ। 

समितिका अध्यक्ष नरेन्द्र शाहको संयोजकत्वमा समितिका पदाधिकारी र मूल पुरोहितले मन्दिर प्रागणमा निष्ठा तथा उत्सवको रूपमा मनाउँदा हजारौँ भक्तजन दुर्गाको पूजाआराधना गर्न विभिन्न ठाउँबाट आएका थिए ।