• १३ मंसिर २०८१, बिहिबार

मुख्यमन्त्री सिंहलाई विश्वासको मत

blog

विश्वासको मत पाउनु भएको मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : धीरेन्द्रप्रसाद साह

लक्ष्मी चौधरी

जनकपुरधाम, असार २२ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनु भएको छ । शानिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको हो ।

सभामुख रामचन्द्र मण्डलले पेस गर्नुभएको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो ।