• १२ साउन २०८१, शनिबार

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव

blog

जनकपुरधाम, साउन ११  गते ।   मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त हुनुभएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको  अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।  

सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा. यादव मेकानिकल इन्जिनियरिङ् विषयमा  विधावारिधि गर्नुभएको छ । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त हुनुभएको थियो ।  विगत पाँच महिनादेखि लोकसेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी भर्ना, तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तर्वार्ता तथा छनाेट प्रक्रिया अवरुद्ध भएको थियो ।  २०७६ भदौ ४मा  प्रदेश लोकसेवा आयोगको गठन तथा स्थापना भएको थियो ।  रासस