• १८ साउन २०८१, शुक्रबार

सःमिलका सञ्चालकविरुद्ध मुद्दा

blog

धनुषाका नायक सःमिल तथा फर्निचर उद्योगबाट बरामद भएको अवैध सालको काठ । तस्बिरः विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, साउन १८ गते । डिभिजन वन कार्यालय धनुषाले अवैधरुपमा वन पैदावर गरेको अभियोगमा सःमिलका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका –८, मुलाबारीमा रहेको नायक सःमिल तथा फर्निचर उद्योगका सञ्चालक चन्द्रकला देवी र उहाँको पति बालकिशोर नायकविरुद्ध मुद्दा दायर गरेको हो ।  

नायक सःमिल तथा फर्निचर उद्योगमबाट अवैध सालको काठ बरामद भएपछि त्यसका सञ्चालकविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिएको बताउनुभयो । चारनाथ सवडिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले सो सःमिलबाट १६१.७४ क्युफिट सालको काठ बरामद गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार सःमिलबाट बरामद सालको काठ १६१ क्यूफिट छ । सो काठलाई गोलियामा परिणत गर्दा २२६ क्यूफिट हुन्छ । जसको मुख्य दुई लाख ८१ हजार ६४९ रुपिया मूल्य कायम गरिएको छ । 

डिभिजन वन कार्यालयले बरामद गरेको सो काठ जफत र कसुर बमोजिम सःमिलका सञ्चालकमाथि सजायको माग गरेको छ । वन कर्मचारीले २०८० कात्तिक ३० गते काठ बरामद गरेको थियो । काठ बरामद भएको झण्डै आठ महिनापछि मुद्दा दायर भएको छ । दायर मुद्दामा प्रतिवादी बनाइएका दुई जना फरार रहेको उल्लेख गरिएको छ ।