मधेशका मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता
मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ ।
हुलाकी सडकमा वृक्षरोपण सुरु
तराई मधेशको हुलाकी सडकको पूर्वमा सिरहा सप्तरीको सीमाना रहेको बलना नदी र पश्चिममा सिरहा धनुषाको सीमाना रहेको कमला नदीसम्म ३१ किलोमिटरमा वृक्षरोपण सुरु भएको छ
मिथिलामा गुञ्जदै झुला गीत
मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् ।
कृषि, सडक, शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकता
सिराहाका १७ वटा स्थानीय तहमध्ये बरियारपट्टी गाउँपालिका साबिकका बरियारपट्टी, कचनारी, जानकीनगर, तेनुवापट र जिझौल गरी पाँच गाउँ विकास समितिलाई मिलाएर गठन भएको हो । यो गाउँपालिका हु
चार सय ५० थान भेप बरामद
सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाईछिपाई लैजाने क्रममा रहेको चार सय ५० थान भेप आ बरामद गरिएको हो ।
सीमावर्ती बजारका व्यापारीको ओइरो
मधेश प्रदेशको प्रमुख थोक तरकारी बजारका रूपमा परिचित पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी तरकारी बजारमा केही दिनदेखि सीमावर्ती क्षेत्रका व्यापारीको ओइरो लागेको छ । वर्षापछि डुबानमा परेर दक्षिणी भेगमा तरकारी बाली धेरै नै नष्ट भएसँगै सीमावर्ती क्षेत्रका व्यापारी तरकारी खरिद गर्न उत्तरी भेगस्थित लालबन्दी बजारमा ओइरिएका हुन् । सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा तरकारी किन्न लालबन्दी बजार आइपुगेका व्यापारीबिच बिहान सबेरै किसानले साइकल र मोटरसाइकलमा ल्याएको तरकारी किन्न हानाथाप हुने गरेको छ ।
शहिद केशव कोइरालाको स्मरण
प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा महोत्तरी जिल्लाको मटिहानीमा शहादत दिनुभएका शहिद केशव कोइरालाको बिहीबार ५० औं स्मृति दिवस मनाइएको छ ।
उपसचिव अवधकिशोरलाई भ्रष्टाचार मुद्दा
मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चार जनाविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राजविराज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
सप्तरीको राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २४.१६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
नियोगका योजना थप प्रभावकारी बनाउन मुख्यमन्त्री सिंहसँग छलफल
मधेश प्रदेशमा सञ्चालित योजनालाई थप प्रभावकारी बनाउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले स्विस नियोग (एसडिसी) नेपालका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
मुख्यमन्त्रीद्वारा सडक मानव आश्रमको शिलान्यास
सडक मानव आश्रमका लागि बर्दीबासमा निर्माण हुने ‘हाम्रो मायाको घर’ को शिलान्यास गरिएको छ ।
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।
दुई करोड रुपियाँ दान
बर्दीबासमा आयोजित शिवपुराण महायज्ञमा दुई करोड रुपियाँभन्दा बढी दान सङ्कलन भएको छ । महायज्ञ समापनपछि बुधबार आयोजना गरिएको समीक्षा बैठकमा सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि साउन २२ गतेदेखि मङ्गलबारसम्म आयोजना भएको शिवपुराणमा दानदातव्यबाट दुई करोड ४० हजार १८६ रुपियाँ सङ्कलन भएको महायज्ञ आर्थिक उपसमितिका संयोजक शम्भु भट्टराईले बताउनुभयो ।
भवन बनेर पनि अलपत्र सञ्चालन हुन सकेन अस्पताल
सर्लाहीको हरिपुर्वा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको दुई वर्ष बितिसक्दा पनि अझै प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको यो अस्पताल दुई वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । नगरपालिकाका जनप्रतिनिधिबिचको टकरावले गर्दा जिल्लाको दक्षिणपूर्वी ग्रामीण भेगस्थित हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालन हुन नसकेको हो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीको उद्घाटन गरिएको छ । जलेश्वर नगरपालिका–२ को प्रादेशिक अस्पतालअगाडि मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मन्त्री साहले जनभावना अनुसार कामकाज गर्न कर्मचारीलाई निर्देशन दिँदै कार्यालय स्थापना भएपछि महोत्तरीका जनतालाई भू तथा जलाधार संरक्षणसम्बन्धी कार्यक्रमबाट लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले प्रदेशमा महोत्तरीसहित पर्सा, रौतहट र सिराहामा मात्रै भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेकोमा प्रदेश सरकारले प्रदेशका आठै जिल्लामा कार्यालय स्थापना गर्ने गरी काम गरिरहेको बताउनुभयो ।
जलेश्वर भन्सार : राजस्व सङ्कलन निरन्तर घट्दो
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ । यसका कारण आर्थिक वर्ष २०८०/८१ को राजस्व लक्ष्यभन्दा ५१ करोड कम सङ्कलन भएको छ । जलेश्वर भन्सारको राजस्व ओरालो लागेको पहिलो पटक होइन । गत आव २०७९/८० मा पनि यहाँबाट लक्ष्यको साढे २२ प्रतिशत कम सङ्कलन हुन सकेको थियो । राजस्व असुलीमा यहाँ निरन्तर गिरावट छ ।
उखुको अनुदान अनिश्चित
उखु क्रसिङ सकेर चिनी उद्योग बन्द भएको पाँच महिना बितिसक्दा पनि किसानले अनुदान रकम पाउन सकेका छैनन् । सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ । उखु क्रसिङ सकेर देशभरका चिनी उद्योग गत माघ/फागुनमै बन्द भएका थिए । उखु अभावमा अधिकांश चिनी उद्योग माघमा नै बन्द गर्नुपरेको थियो ।
पर्खाल भत्किँदा महिलाको मृत्यु, पुरुषको शव भेटियो
सप्तरीको राजबिराज नगरपालिका–५ मा घरको पर्खाल भत्केर एक महिलाको बुधवार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
खोलामा डुबेर वृद्धको मृत्यु, एक बालिका बेपत्ता
सर्लाहीको सुदूरदक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिका–१, हथिऔलमा बुधबार खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।
सङ्घीयताको अनुभूति गर्न नपाएको जनगुनासो
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरूले सङ्घीयताको अनुभूति पहुँचवालाले मात्र गर्न पाएको गुनासो गरेका छन् । प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मङ्गलबार आयोजित ‘बदलिँदो परिस्थितिमा नागरिक शिक्षा तथा लोकतन्त्र बहस’ कार्यक्रमका वक्ताहरूले संविधानमा त्रुटि भएका कारण सङ्घीयता अनुभूति शक्तिमा पहुँच भएकाले मात्र गर्न पाएको गुनासो गरेका हुन् । कार्यक्रमका वक्ताहरूले संविधानमा भएका त्रुटिलाई सच्याउन संविधान संशोधन हुनुपर्ने माग राख्दै सङ्घीयतालाई पूर्णता दिनुपर्ने जोड दिएका छन् ।
मधेश प्रदेशमा मन्त्री परिषद् पुनर्गठन : आठ राज्यमन्त्री हटाइए
मधेश प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएको छ । मङ्गबार मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो ।
सेनाद्वारा मधेश प्रदेशमा वृक्षरोपण अभियान सञ्चालन
नेपाली सेनाले बृहत् वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यस वर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ ।
मधेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस
मधेश प्रदेश सरकारले आठ राज्यमन्त्री हटाउनका लागि सिफारिस गरेको छ । प्रदेश सरकारको जम्बो मन्त्रिमण्डलको सर्वत्र आलोचना हुनथालेपछी मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाउनका लागि प्रदेश प्रमुखको कार्यालय जनकपुरमा सिफारिस गर्नुभएको हो ।
सिम्रौनगढका एकै घरका तीन बालबालिकाको विषाक्त खानाले मृत्यु
वीरगञ्ज (पर्सा), साउन २९ गते । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विषाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ । बारा प्रहरीका अनुसार फुड पोइजनिङका कारणले तीनको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु हुनेमा सात वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय रामनन्दन राम छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार बेलुका माछा र भात खाएर सुतेका तीन बालबालिकाको फुड पोइजनिङका कारणले मृत्यु भएको बताउनुभयो । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले परिवारका सबै सदस्यले एउटै चुलोमा पकाएको खाना खाए पनि बालबालिकामा मात्रै फुड पोइजनिङको समस्या देखिएको जानकारी दिनुभयो । “प्रारम्भिक अनुसन्धानका क्रममा गाउँकै माछा पोखरीबाट निकालेको माछा र भात खाएको भन्ने कुरा आइरहेको छ”, उहाँले भन्नुभयो, “एउटै भान्सामा रहेको एउटै कराइमा पकाएको खाना मृतकका आमा, हजुरबुबा, हजुरआमाले खाएको देखिन्छ तर परिवारका अन्य सदस्यलाई केही भएको छैन, तीन बालबालिकालाई मात्रै फुड पोइजनिङको समस्या देखिएको हो ।” प्रहरी निरीक्षक राईले तीन बालबालिकाले दिउँसोको समयमा अन्य केही खानेकुरा खाए कि सोही माछासहितको खानाको कारणले मृत्यु भयो भन्ने कुरा अहिलेसम्म नखुलेको बताउनुभयो । उहाँले मृतक बालबालिकाको घरमा कुनै पनि प्रकारको विषादिजन्य औषधी नभेटिएको पनि जानकारी दिनुभयो । प्रहरी निरीक्षक राईले बालबालिकाको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारका सदस्यहरुले सिम्रौनगढस्थित रामबाबुको पोलिक्लिनिकमा उपचारका लागि पुर्याएको बताउनुभयो । पोलिक्लिनिकले आफ्नोमा उपचार सम्भव नभएको बताएसँगै बाराको प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । “तीन बालबालिकामध्ये एकजना सिकिस्त भएकाले प्रादेशिक अस्पताल कलैया पुर्याउने क्रममा नै मृत्यु भएको बताइएको छ”, प्रहरी निरीक्षक राईले भन्नुभयो, “प्रादेशिक अस्पतालले अन्य दुई बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर देखिए पनि नेसनल मेडिकल कलेज वीरगञ्जमा रेफर गरेको थियो, अन्य दुई बालबालिकाको पनि नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।”जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक तीनै बालबालिकाको शव परीक्षण गरेर परिवारलाई हस्तान्तरण भइसकेको छ । नरेश राम रोजगारीका लागि भारतको पञ्जाब राज्यमा रहेको जनाइएको छ । रासस