• १६ भदौ २०८१, आइतबार

प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

blog

लागूऔषधसहित पक्राउ परेका व्यक्ति । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, साउन ३२ गते ।
महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान बर्दिबास नगरपालिकाको वडानं. ३ पाटुमा चेकजाँच गरिरहेको समयमा नाइट्रोभेट तथा कोरेक्ससहित भक्तपुर चाँगुनारायण न.पा.१ दुवाकोट बस्ने किसन श्रेष्ठ र विकास वाईवालाई पक्राउ गरेको हो ।

प्रहरीले बागमती प्रदेश ०२–०२५प६४६७ नम्बरको मोटरसाइकल चढेर बर्दिबासबाट काठमाडौँतर्फ गइरहेको दुवै जनालाई चेकजाँच झोलाभित्र कपडा र टेपले बेरी राखेको नाइट्रोभेट–१० लेखिएको १४७३ पिस टयाबलेट, कोरेक्स एक बोतलसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिनुभयो ।

उहाँले इलाका प्रहरी कार्यालय बर्दिबासबाट ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङगको क्रममा दुवैलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जानकारी दिनुभयो ।