• १६ भदौ २०८१, आइतबार

मुख्यमन्त्रीद्वारा सडक मानव आश्रमको शिलान्यास

blog

सडक मानव आश्रमका लागि बर्दीबासमा निर्माण हुने ‘हाम्रो मयाको घर’ शिलान्यास गर्दै मुख्यमन्त्री शतीसकुमार सिंह । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, साउन ३१ गते । सडक मानव आश्रमका लागि बर्दीबासमा निर्माण हुने ‘हाम्रो मायाको घर’ को शिलान्यास गरिएको छ । बर्दीबास २ स्थित हङ्कङडाँडा नजिक निर्माण हुने २ तले र ४ तले गरि २ वटा भवनको मूख्य मुख्यमन्त्री सतीशकुमार सिंहले विहिवार वैदिक रीतिपूर्वक शिलान्यास गर्नुभएको हो ।

‘हाम्रो मायाँको घर’ का लागि स्थानीय १५ जना दाताहरुले करिव डेढ करोड मूल्य बराबरको साढे ५ कठ्ठा जग्गा दान दिएपछि निर्माण प्रकृया सुरु गरिएको छ । सोही जग्गामा दश करोड ६९ लाख रुपियाँको लागतमा निर्माण हुने ‘हाम्रो मायाको घर’ का लागि भागवत मञ्जरी राधिका दासीको प्रेरणाले बर्दीबासमा आयोजित महायज्ञमा दान दातब्यबाट २ करोड रुपियाँ आर्जन भएपछि भवन शिलान्यास गरिएको हो । 

आश्रमको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री सिंहले सडकमा भौतारिएका वेसहारा, असक्त र असहाय सडक मानवका लागि सहारा दिने पवित्र उद्देश्यले निर्माण हुन लागेको ‘हाम्रो मायाको घर’ सवैका लागि प्रेरक अनुकरणीय र महान कार्य भएको धारणा राख्नुभयो । उहाँले मधेश प्रदेशमै पहिलो पटक निर्माण हुन लागेको यो पवित्र संरचनाले मानव कल्याणको हितमा उदाहरणीय कार्य गर्दै जाने अपेक्षासमेत जगाएको बताउनुभयो । निर्माण कार्यमा योगदान पु¥याउन ‘हाम्रो मयाको घर’ लाई मधेश प्रदेश सरकारले पवित्र मनसायले साथ र सहयोग दिने विश्वास दिलाउनुभयो । 

मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘जनस्तरको योगदानले महान उद्देश्यका साथ निर्माण हुन लागेको यो पवित्र संरचनाका लागि मुख्यमन्त्रीको नाताले सक्दो सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु । सरकारी सहयोगका लागि कानुनी प्रक्रिया मिलाउनु पर्ने हुँदा ढिलोचाँडो हुन सक्छ तथापि मधेश प्रदेश सरकारले सम्भव भएसम्म सहयोग गर्दै जाने छ ।’ 

यसअघि प्रदेश सांसद शारदादेवी थापाले दान, धर्म, दया, स्नेह र योगदानको संदेशसाथ निर्माणको चरणमा प्रवेश गरेको ‘हाम्रो मयाको घर’ का लागि दान दाब्यबाट २ करोड सङ्कलन भएपनि अझै ८० प्रतिसत रकम अभाव भएकोले क्रमागत योजना अन्र्तगत भए पनि सहयोग गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

बर्दीबासमा सडक मानव आश्रमको आवश्यकता औल्याउँदै नगरप्रमुख प्रहलाद क्षेत्रीले संरचना निर्माणपछि पनि आश्रम सञ्चालन गर्नु चुनौतिपूण भएकोले नगर सरकारले हरेक चुनौतिमा साथ सहयोग दिने बताउनुभयो । शिलान्यास कार्यक्रमका अध्यक्ष हिरा गौतमले असहाय सडक बालबालिका, परित्यक्त वृद्धवृद्धा, मानसिक रुग्णता भएका र परिचय गुमाएकालाई नयाँ नाम, नयाँ पहिचान र मायाको ओत दिन ‘हाम्रो मयाको घर’ निर्माण हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानव कल्याणको पवित्र उद्देश्य बोकेको यो महान कार्य सवैको साथ सहयोग, शुभच्छा र सहकार्यले भवन निर्माणमा कुनै समस्या नहुने अपेक्षा जगाएको छ । 

यसअघि ‘हाम्रो मायाको घर’ का अध्यक्ष कृष्ण गौतमले पुराण वाचिका राधिका दासीको प्रेरणाले ०६९ सालमा स्थापना भएको यो संस्थाले मानव हितका लागि स्थापना कालदेखि नै पुराण वाचिका दासीको संरक्षकत्गमा सेवा गर्दै आएको विगतका घट्नाक्रम प्रस्तुत गर्नुभयो ।