• ३० साउन २०८१, बुधबार

मधेश प्रदेशमा मन्त्री परिषद् पुनर्गठन : आठ राज्यमन्त्री हटाइए

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम । तस्बिर : गोरखापत्र

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन २९ गते । मधेश प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएको छ । मङ्गबार मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख  सुमित्रा सुवेदी भण्डारीले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठनसँगै मन्त्रीको सङ्ख्या एक दर्जामा झरेको छ भने यसअघि मन्त्रीको सङ्ख्या २० पुगेको थियो । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम जिम्मेवार र कार्य विभाजनसहित मन्त्रीमण्डल पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

जिम्मेवारी र कार्य विभाजनसहित पुनर्गठित मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित १२ जना मन्त्रीहरू रहेका छन् । जसमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, अर्थमन्त्री सुनिलकुमार यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैसवाल, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहनुभएको छ । 

साउन २२ गते प्रदेश सरकारमा पाँच जना राज्यमन्त्री थपिएपछि राज्यमन्त्रीको मात्रै सङ्ख्या आठ पुगेको थियो भने त्यस बेलाको १२ जना मन्त्रीको सङ्ख्या पुगेको थियो । मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूको राजीनामापछि जिम्मेवारी र कार्य विभाजनसहित मन्त्री मण्डल पुनर्गठन गर्नुभएको हो । 

यो पनि पढ्नुहोस

मधेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस