• १६ भदौ २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

शिवशङ्कर मिश्रा

बारा, भदौ १४ गते । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगर पालिका-११ पिपराढी टोल २४ वर्षीया सन्दीपकुमार यादव रहेको बारा प्रहरीले जनाएको छ ।

कलैयाबाट पिलुवा जाँदै गरेको लु ९५ प ६३५४ नम्बरको पल्सर तीव्र गतिको कारण आफैँ अनियन्त्रित हुँदा शुक्रबार बिहान साढे ६ बजे घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।