• १६ भदौ २०८१, आइतबार

एक महिनामा पौने दुई करोड राजस्व सङ्कलन

blog

शिवशंकर मिश्रा

बारा, भदौ १६ गते । मधेश प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले एक महिनामा पौने दुई करोड राजस्व सङ्कलन  गरेका छन् ।

चालु आर्थिक वर्ष ०८१-८२ को पहिलो एक महिना साउन महिनामा एक करोड ७१ लाख ४६ हजार ६५० राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताउनुभएको हो ।

मधेस प्रदेशको आठ जिल्लामा रहेका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरूले आर्थिक वर्ष ०८१-८२ को साउन महिनामा ट्राफिक नियम विपरीत सवारी चलाएकाले १९ हजार ७३९ सवारीसाधनको चालकलाई दण्ड जरिवाना गरी रु. १,७१,४६,६५० राजस्व सङ्कलन भएको बोगटीले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले १७ लाख ३५ हजार, पर्साले २१ लाख ४२ हजार ६५०, रौतहटले ९ लाख २५ हजार ५ सय, सर्लाहीले २४ लाख १९ हजार ५ सय, महोत्तरीले २३ लाख ६२ हजार, धनुषाले २२ लाख २४ हजार ५ सय, सिरहाले २६ लाख ३२ हजार ५ सय, सप्तरीले १३ लाख ८ हजार र मुख्य कार्यालय पथलैयाले १३ लाख ९४ हजार दण्ड जरिवाना गरेको छ ।