• १६ भदौ २०८१, आइतबार

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

blog

धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपो । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, भदौ १४ गते ।
 धनुषाको छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । सिराहाको सिराहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।

शुक्रबार डिपोमा बर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । घटनामा संलग्न रहेको आरोपमा प्रकाश यादवलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

बर्मा र यादवबिच भनाभनले बढ्दै जाँदा घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुहुँदै प्रवक्ता अवाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।