महोत्तरीमा कृषि मजदुर अभाव
यहाँका किसानलाई अहिले कामको भ्याइनभ्याइ छ । मुख्यबाली धान काट्ने, निहिनमा सुकाउने, मुठा पार्ने, दाइँ गर्ने र थन्क्याउने चटारो छ ।
भाइरल ज्वरोको प्रकोप
सर्लाहीमा केही सातादेखि भाइरल ज्वरो र रुघाखोकीबाट प्रभावित हुनेको सङ्ख्या बढ्न थालेको छ । प्रत्येक जसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो छ । हरेक जसो घरमा भाइरल ज्वरोका बिरामी भेटिने गरेका छन् ।
यु–१९ कप्तान पूजाको सम्मानमा शोभायात्रा
नेपाललाई पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभएकी कप्तान पूजा महतोलाई जन्म थलोमा शोभायात्रासहित सम्मान गरिएको छ ।
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ ।
तरकारीमा उत्पादन घटेपछि परनिर्भर बन्दै लहान
केही वर्ष पहिले तरकारी उत्पादनमा आत्मनिर्भर रहेको लहान यतिबेला परनिर्भर हुन थालेको छ । लहानको मुख्य चोकमा रहेको तरकारी बजारमा साँझ बिहान तरकारी खरिद गर्नेहरूको भिड लागेको हुन्छ ।
सुक्खा बन्दरगाहको राजस्व साढे सोह्र अर्ब
वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : सप्तरीमा उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सप्तरीमा उम्मेदवारी दर्ता गरिएको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
विवाह पञ्चमीको निम्तोका लागि मुख्यमन्त्री सिंहसहितको टोली अयोध्या प्रस्थान
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्याउन भारतको अयोध्या प्रस्थान गरेका छन् ।
जिल्ला स्तरीय सामा चकेवा महोत्सव
सप्तरीको बोदे बरसाईन नगरपालिका –२ स्थित थारु कल्याणकारिणी सभा सप्तरीको आयोजनामा जिल्ला स्तरीय समाचकेवा महोत्सवमा थारू महिलाहरूले माटोले बनाएको समाचकेवा ।
जानकी मन्दिरबाट टोली अयोध्याका लागि प्रस्थान
मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने रामजानकी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवामा भारतको अयोध्याबाट जन्तीको रुपमा सहभागीहुने साधुसन्तको टोली भगवान रामको तिल्कोत्सव गर्नका लागि कोसेली लिएर शनिबार अयोध्या प्रस्थान गरेको छ ।
गढीमाई मेला सुरु
पशुवलीका लागि विश्वप्रख्यात बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ ।
थारु परम्परा र लोक संस्कृतिको संरक्षण गर्न कात्तिकेश कुँवर मेला
नेपालका आदिवासी थारुको परम्परागत लोकसंस्कृति प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ मा जिल्लाकै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।
विशाल मेला गढीमाई
बारा जिल्लाको गढीमाई मेलामा कति पशु बलि दिइन्छ, त्यसको यकिन तथ्याङ्क छैन तथापि बलिका लागि खास गरी यो मेला विश्वप्रख्यात छ ।
नेता र निर्वाचनमा खर्चले क्रसर व्यवसायमा समस्या
क्रसर व्यवसायीको छाता सङ्गठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको बर्दीबासमा वार्षिक साधारण सभा तथा राष्ट्रिय अधिवेशन शुक्रबार सुरु भएको छ ।
मधेश प्रदेशका खेलाडीलाई डेढ लाख दिने घोषणा
सन् २०२५ को फेब्रुअरीमा हुने १९ वर्ष मुनिका महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगिताका लागि पहिलो पटक छनौट भएका नेपाली महिला क्रिकेट टोलीमा सहभागी मधेश प्रदेशका खेलाडीहरुलाई मधेश प्रदेश सरकारले पुरस्कार स्वरुप एक लाख ५१ हजार रुपियाँ दिने घोषणा गरेको छ ।
अयोध्याबाट आउने जन्तीकाे स्वागतमा जुट्दै पालिका
जनकपुरमा हुने विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीहरुको स्वागतको तयारीमा महोत्तरीको मटिहानी, जलेश्वर तथा पिपरा पालिकाहरु लागिपरेका छन् ।
पूर्णिमा मेला : कमला नदीमा भक्तजनको घुइँचो
पूर्णिमा अवसरमा कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा सहभागी हुन यस वर्ष पनि भक्तजनहरूको घुइँचो लागेको छ।
सुनसरीमा समाचकेवाको रौनक
सुनसरी सदरमुकाम इनरुवासहित मधेसी समुदायको बसोबास रहेको स्थानीय तह तथा क्षेत्रमा मौलिक पर्व समाचकेवाको रौनक बढेको छ ।
हिउँद नलाग्दै सुक्न थाले खोला
सिरहाको मिर्चैैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जानथालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ ।
कमला नदीमा स्नान गर्नेहरुको घुइँचो
धनुषा र सिराहालाई जोड्ने कमला नदीस्थित बसपिट्टा घाटमा कात्तिक पूर्णिमाको अवसरमा शुक्रबार बिहान कमला स्नान गर्ने भक्तजनको घुइँचो ।
मनरासिसवामा नसर्ने रोग बढ्दै
महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिकामा नसर्ने रोगहरू बढ्दै गएको देखिएको छ । नगरपालिकाले घरदैलो कार्यव्रmममार्फत स्वास्थ्य सेवा दिन थालेपछि नसर्ने रोगीको सङ्ख्या बढ्दै गएको देखिएको हो । स्थानीय बासिन्दाको घर घरमा गएर सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा दिन थालिएपछि नगरभित्र नसर्ने रोगीको सङ्ख्या बढी देखिएको स्वास्थ्य संयोजक रामचन्द्र यादवले बताउनुभयो ।
‘शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा’
सिराहा जिल्लामा रहेका १७ वटा पालिकामध्ये जिल्लाको पूर्वी र दक्षिण भारतीय सीमासँग जोडिएको गाउँपालिका हो भगवानपुर । ३३.०३ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस पालिकाको पूर्वमा सिराहा र सप्तरी
दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।
कोदोखेतीले धानेको खोरियागाउँ
मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।