• २८ पुस २०८१, आइतबार

मधेश प्रदेशका खेलाडीलाई डेढ लाख दिने घोषणा

blog

फाइल तस्विर

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक ३० गते । सन् २०२५ को फेब्रुअरीमा हुने १९ वर्ष मुनिका महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगिताका लागि पहिलो पटक छनौट भएका नेपाली महिला क्रिकेट टोलीमा सहभागी मधेश प्रदेशका खेलाडीहरुलाई मधेश प्रदेश सरकारले पुरस्कार स्वरुप एक लाख ५१ हजार रुपियाँ दिने घोषणा गरेको छ । 

मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाली महिला क्रिकेट टोलीलाई बधाई दिदै टोलीमा मधेश प्रदेशबाट सहभागी रहेका कप्तान पूजा महतोसहितका खेलाडीलाई प्रोत्साहन स्वरुप एक लाख ५१ हजार रकम दिएर पुरस्कृत र सम्मान गर्ने उल्लेख गरिएको छ । 

नेपाली महिला क्रिकेट टोलीले विश्व कपमा छनौट भएर विश्वस्तरमा नेपाल र नेपालीको शान बढाएको भन्दै मन्त्री ज्यवालले खेलाडीहरुको मनोवल उच्च पार्नका लागि प्रदेश सरकारले निर्णय गरेर सम्मान गर्न लागेको बताउनुभयो ।