विवाहपञ्चमी : भोजनसहित जन्तीको स्वागत गरिँदै
जनकपुरमा हुने बिवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीका लागि नेपालको मुख्य प्रवेश मार्ग मटिहानीमा स्वागतको तयारी पूरा भएको छ ।
सिराहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो ।
महोत्तरीमा विवाहपञ्चमी उत्सवको रौनक
प्रत्येक पाँच वर्षको अन्तरालमा धुमधामसँग भारतको अयोध्याबाट जन्ती आएर नेपालको जनकपुरमा मनाइने भगवान रामचन्द्र र माता सीताको विवाहोत्सव (विवाहपञ्चमी उत्सव) को रौनक आजदेखि महोत्तरीमा देखिन थालेको छ ।
रामगोपालपुरमा ३० प्रतिशत मतदान
वडाध्यक्षको उपनिर्वाचनका लागि रामगोपालपुर –२ मा निर्धारित समयमा मतदान सुरु भएको छ । वडाको मोहनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विधालयको मतदानस्थलमा विहानैदेखि मतदाताको लाम लागेको छ ।
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र
प्राचीन मिथिलाको राजधानी एवं मधेश प्रदेशको राजधानी जनकपुरधाममा विवाहपञ्चमीको रौनक सुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महìवको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहपूर्वक तयारीमा जुटेका छन् ।
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
रेलयात्रा गर्ने अपाङ्गता भएकालाई विशेष व्यवस्था गर्न माग
अपाङ्ग समाज जनकपुरधामले नेपाल रेल्वेमा यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै विशेष व्यवस्था गर्न माग गरेको छ ।
तीन स्रष्टा सम्मानित, चार कृति विमोचन
लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा शनिबार स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
विवाह पञ्चमीको तयारी तीव्र
प्राचीन मिथिलाको राजधानी एवम् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाममा यति बेला विवाह पञ्चमीको रौनक सुरु भएको छ ।
चल्न थाले चिनी उद्योग
चिनी मिलले धमाधम किसानसँग उखु लिएर क्रसिङ सुरु गरेका हुन् । सर्लाहीका तीन वटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आइसकेका छन् ।
क्विन्टलमा बिस रुपियाँ बढ्यो उखुको मूल्य
सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य गत वर्षभन्दा २० रुपियाँ बढाएर मूल्य निर्धारण गरेको छ ।
कानुन मन्त्री लेखीलाई भूमिगत समूहको धम्की
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनतान्त्रिक तराई मुक्ती मोर्चा (भूमिगत समुह) का संयोजक जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताउनुभएको छ ।
नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिनुभयो।
लुटपाट तथा सङ्गठित अपराधमा संलग्न १० जना पक्राउ
विभिन्न सङ्गठित अपराधमा संलग्न रहेका १० जना व्यक्तिहरुलाई विभिन्न ठाउँबाट महोत्तरी प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । महोत्तरी प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट छ जना तथा भारतीय प्रहरीको सहयोगमा चार जना गरी १० जनालाई विभिन्न सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
अव्यवस्थित परिवारलाई बाँसको घर
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, सन्तपुरमा सुकुम्वासी परिवारका लागि प्रकृतिमैत्री बाँसको घर निर्माण भइरहेको छ । गणेशमान चारनाथ नगरपालिका र ह्याविट्याट फर नेपालको साझेदारीमा सामुदायिक सुधार केन्द्र धनुषाले सन्तपुरका ३६ भूमिहीन, दलित, सीमान्तकृत, अति विपन्न र निम्न आयस्रोत भएका घर परिवारका लागि बाँसको घर निर्माण गरिएको हो ।
प्रमुख र उपप्रमुख विवादमा आर्थिक कारोबार ठप्प
धनुषाको नगराईन नगरपालिकामा चालु आर्थिक वर्षको पाँचौ महिनासम्म पनि आर्थिक कारोबार सञ्चालन हुन सकेको छैन । नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबिच सहमति नहुँदा नगरसभा हुन सकेको छैन, जसकारण नगरपालिकाको आर्थिक कारेबार सञ्चालन हुन नसकेको हो ।
चित्रमा मिथिला चित्रकला
घर–आँगनको श्रृङ्गारका लागि कोरिँदै आएको मिथिला चित्रकला जनकपुरधामको भित्तामा कोरिन थालिएको छ । मिथिला चित्रकलाले मैथिलीवासीकै पहिचान स्थापित गरेको छ ।
अठार बिचौलिया पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाको रुपमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ जना लाई पक्राउ गरेको छ । यातायात ब्यबस्था कार्यालय पर्सा र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एसिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो
यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ ।
‘कृषिमा आधुनिकीकरणसहित व्यावसायिकतामा जोड दिएका छौँ’
गरुडा नगरपालिका रौतहटको सदरमुकाम गौरदेखि २२ किलोमिटर उत्तर र पूर्वपश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका खण्डदेखि २० किलोमिटर दक्षिणमा रहेको छ । नौ वटा वडा रहेको यस नगरपालिका
मधेश प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न
मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सव र प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेलालाई दृष्टिगत गरी बिहीबार प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
'हिंसामुक्त समाज निर्माणका लागि हामी सबैको साझा प्रयास आवश्यक छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले लैङ्गिक समानतासहित हिंसामुक्त समाज निमार्णका लागि हामी सबैको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।
उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी
मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आउनुभएका उहाँले आम्दानी गर्न विदेश जानु नपर्ने धारणा राख्नुभयो ।
‘सख्खर जस्तै गुलियो व्यापार’
सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गर्नुभएको हो ।