विवाह पञ्चमी महोत्सव : पाँच सय जन्तीको लर्को
सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको मङ्गलबार तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरी मनाइयो ।
दातृ निकायले प्रदेशको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको विकास र समृद्धिमा दातृ निकायको स्थान महत्त्वपूर्ण रहने बताउनुभएको छ।
विवाह पञ्चमीमा धनुष यज्ञ
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरेर महोत्सव मनाइँदै छ।
विवाहपञ्चमी महोत्सवमा प्रदेश सरकारको अपनत्व
मधेश प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवलाई पहिलो पटक अपनत्व ग्रहण गरेदेखि व्यवस्थापनमा सक्रियता देखाएको छ।
अयोध्याबाट आएका जन्ती जनकपुर प्रस्थान
विवाहपञ्चमी महोत्सवमा भाग लिन भारतको अयोध्याबाट आएका जन्तीलाई महोत्तरी विभिन्न पालिकामा स्वागत र बिदाइ गरिएको छ। सोमबार राति जिल्लाको मटिहानीमा विश्राम गरेका जन्ती मंगलबार बिहान मटिहानी हुँदै जलेश्वर तथा पिपरा हुँदै जनकपुर प्रस्थान गरेका छन्।
सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
ट्याक्टर पल्टिँदा चालकको मृत्यु
धनुषामा उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसान पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
सञ्चार क्षेत्रको विकासमा सरकार प्रतिबद्ध
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो ।
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो ।
म्याद थपका लागि विद्यालय नर्स धर्नामा
मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् ।
'सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
रौतहट ६ को वडाध्यक्षमा कांग्रेसका आलम निर्वाचित
स्थानीय तह उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
पञ्चवर्षीय गढीमाई मेलाको उद्घाटन
उपराष्ट्रपति राम सहाय यादवले सोमबार एक विशेष कार्यक्रमबिच पञ्चवर्षीय गढीमाईको मेला विधिवत् रूपमा उद्घाटन गर्नुभएको छ ।
धनुषाधाम– १ को वडाध्यक्षमा माओवादीका केवट निर्वाचित
स्थानीय तह उपनिर्वाचनमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर केवट निर्वाचित हुनुभएको छ ।
आगलागीबाट एक करोडभन्दा बढीको क्षति
विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका–१४ मा एक करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेको थियो ।
सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
स्कोरपियोको ठक्करबाट सिराहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ
सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ ।
सप्तरीको डाक्नेश्वरी १ मा जसपा धिरेन्द्र विजयी
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह जितेका छन् ।
रौतहटको गढीमाई –८ मा नेकपा एसका उम्मेदवार विजयी
रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास) का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ ।
रौतहटको ईशनाथ ७ मा कांग्रेसका खलिक विजयी
रौतहटको इशनाथ नगरपालिका वडा ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
डाक्नेश्वरी ४ मा जसपाका यादव विजयी
डाक्नेश्वरी नगरपालिका वडा ४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात्यलाई पराजित गरी ९५ मतको अन्तरले विजयी हुनुभएको हो ।
महोत्तरीको रामगोपालपुर २ मा एमालेका खान विजयी
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा २ को अध्यक्षमा एमालेका सकवुल खान विजयी हुनुभएको छ । उहाँले ६३१ मतका साथ विजयी हुनुभएको हो ।