दलितबस्तीका १९१ जनाले पाए लालपुर्जा
वर्षौँदेखि लालपुर्जाका लागि प्रतिक्षमा रहेका दलित विपन्न समुदायहरूले आफू बसोबास गरिरहेका जग्गाको लालपुर्जा पाएपछि हर्षित भएका छन् ।
स्थानीयका लागि निःशुल्क आँखा शिविर
सप्तरीको कञ्चनरूप नगरपालिका –१२ रूपनगरमा बुधबार भएको निःशुल्क आँखा शिविरबाट स्वास्थ्य सेवा लिएका आँखाका बिरामीहरु ।
लोप हुँदै परम्परागत बाँस भकारी
रौतहट जिल्लाको परोहा नगरपालिका –१ जीङदवा गाउँमा रहेको परम्परागत बाँस भकारी । अहिले अन्न भण्डारणका निम्ति बजारमा आयातित विभिन्न आधुनिक किसिमका प्लास्टिक तथा धातुजन्य सामग्री पाइन थालेपछि परम्परागत भकारी लोप हुन थालेको छ ।
जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने छौँ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यामबाट समेत जोड्नु पर्ने बताउनु भएको छ ।
वन अतिक्रमण हटाइयो
डिभिजन वन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–६, मा वनको अतिक्रमित जग्गा खाली गराएको छ ।
घरमा आगो लाग्दा टपरी उद्योग जलेर नष्ट
धनुषाको बटेश्वर गाउँपालिकास्थित स्थानीय राजमकुमार महतोको घरमा आगो लाग्दा एक टपरी उद्योग जलेर नष्ट भएको छ । मङ्गलबार राति करिब ७ः४५ बजे आगो लाग्दा गाउँपालिका वडा नं. ३ स्थित महतोको घरमा आगो लाग्दा कुशवाहा टपरी उद्योग जलेर नष्ट भएको हो ।
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो
आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ ।
धान भित्र्याउँदै किसान
धनुषा, मङ्सिर १२ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ हरैयामा थ्रेसर मेशिनको सहायताबाट धान चुट्दै । धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ गर्ने परम्परा न्यून हुँदै गएको छ । तस्बिरः रासस
चुरे उत्थानशील आयोजनालाई गति दिने प्रयास
वातावरणीय दृष्टिले अति संवेदनशील मानिने चुरे संरक्षणका लागि कार्यान्वयनमा आएका योजना परियोजना नारा र गफमै सीमित छन् । चुरे उत्थानशील आयोजना लागु भएको चार वर्ष बितिसकेको छ ।
९५ प्रतिशत भुक्तानी लिएर ठेकेदार वेपत्ता, आठ वर्ष देखि पुल निर्माण अधुरै
सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।
सबस्टेसन चार्ज
सर्लाहीको हरिपुर्वामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् सबस्टेसन चार्ज गर्न सुरु गरिएको छ ।
चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेज
रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ।
'मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
ट्याक्टर पल्टेर चालकको मृत्यु
सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा मङ्गलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
धनुषाधाम-१ का उम्मेदवार घरदैलो अभियानमा
धनुषाको धनुषाधाम नगरपालिका-१ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।
छोराछोरीलाई बालश्रमिक बनाइँदै
रौतहटको गुजरा नगरपालिकामा रहेका इँटा उद्योगमा श्रमिक अभिभावकले नै आफ्ना नानीबाबुलाई श्रम गर्न लगाएको पाइएको छ । बालश्रम न्यूनीकरण परियो
पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ
कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।
दलित बस्तीमा सिरक वितरण
लहान नगरपालिका –२० र सखुवानन्कारकटि गाउँपालिका –३ का मुसहर बस्तीमा रोटरी क्लव अफ लहानले सिरक वितरण गरेको छ । मङ्सिर पहिलो सातादेखि नै चिसो बढ्न थालेकाले मुसहर बस्तीका दुई सय घर परिवारमा फइवरको सिरक वितरण गरिएको क्लवका अध्यक्ष अभिषेक रोशनले जानकारी दिनुभयो ।
मधेसमा लैङ्गिक हिंसाविरुद्धको अभियान
मधेश प्रदेशमा सोमबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भएको छ ।मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयले आज विहान लैङ्गिक हिंसाविरुद्धको विभिन्न खालका चेतनामुलक सन्देश लेखिएको प्लेकार्डसहित जनकचौकवाट प्रभातफेरी निकालेको थियो ।
प्रजातान्त्रिक योद्धालाई उच्च सम्मान : कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्रको स्थापनाका लागि योगदान दिने सबैलाई सदैव उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
सभापति देउवाद्वारा प्रजातान्त्रिक योद्धा ठाकुरको सालिक अनावरण
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक योद्धा अरविन्द ठाकुरको सालिक अनावरण गर्नुभएको छ ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ट्रमा सेन्टर सञ्चालन
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ज्यान जोखिममा परेका बिरामीलाई विशेष हेरचाह प्रदान गर्ने अस्पताल इकाई ‘ट्रमा सेन्टर’ सञ्चालनमा आएको छ ।
अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु
। महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा अहिले उपनिर्वाचनको चुनावी माहौलले वातावरण तातिएको छ ।
बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताउनुभएको छ । सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नु भएका सभापति देउवाले यस्तो बताउनुभएको हो ।