• २१ पुस २०८१, आइतबार

धनुषाधाम– १ को वडाध्यक्षमा माओवादीका केवट निर्वाचित

blog

स्थानीय तह उपनिर्वाचनमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर केवट ।

लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर १७ गते ।
स्थानीय तह उपनिर्वाचनमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर केवट निर्वाचित हुनुभएको छ ।

धनुषाको धनुषाधाममा १ वडा अध्यक्षका लागि मात्र भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादीका केवट ६८४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अशोककुमार मण्डलले ६०२ मत प्राप्त गर्नुभएको छ । यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका अजयकुमार यादवले ४९९, नेकपा (एमाले)का प्रमोद यादवले ३६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० र जनमतले २५ पाए प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा यहाँ कुल २२५८ मत खसेको थियो । यो वडामा यसअघि कांग्रेसका विश्वनाथ यादव निर्वाचित हुनुभएको थियो ।