• १७ मंसिर २०८१, सोमबार

आगलागीबाट एक करोडभन्दा बढीको क्षति

blog

महोत्तरी, मङ्सिर १७  गते ।  विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका–१४ मा एक करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेको थियो । 

रामसेवक महतोको तीनतले घरको भुइँतलाका १३ वटा सटरमध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ का सहाजिस नदाफले घर भाडामा लि विद्युतीय सामानको पसल सञ्चालन गर्दै आउनुभएको थियो । 

स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितका चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । रासस