• १९ मंसिर २०८१, बुधबार

विवाह पञ्चमीमा धनुष यज्ञ

blog

गत वर्ष जानकी मन्दिर प्रांगणमा आयोजना गरिएको धनुष यज्ञ कार्यक्रम। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर १८ गते। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरेर महोत्सव मनाइँदै छ।

त्रेता युगमा भगवान् रामले धनुषा उचालेर तोडेको स्मरणसहित प्रत्येक वर्षझैँ यस वर्ष पनि विवाह पञ्चमीको तेस्रो दिन मंगलबार धनुष यज्ञकार्यक्रम गरेर महोत्सव मनाइँदै।

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्नपछि  मंगलबार धनुष यज्ञ कार्यक्रम हुने भएको हो।

पहिलो दिन नगर दर्शन र दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन रामको प्रतीकको रूपमा रहने बालकले धनुष उचालेर तोड्ने छन्।

यो वर्षको विवाह पञ्चमी महोत्सवमा जन्तीका रूपमा सहभागी हुन अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसहित पाँच सय जनाको जन्ती जनकपुरधाम क्रम जारी छ।