शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमडौँ, पुस ९ गते । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
गत साता भारतमा उपचार गराएर फर्किनु भएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुग्नु भएको हो । उहाँको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रम खनालले दिनुभएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ । रासस