• २ माघ २०८१, बुधबार

विवाह पञ्चमीको तयारी तीव्र

blog

विवाह पञ्चमीको अवसरमा झिलिमिली बनाएको जानकी मन्दिर । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर १५ गते ।
 प्राचीन मिथिलाको राजधानी एवम् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाममा यति बेला विवाह पञ्चमीको रौनक सुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहपूर्वक तयारीमा जुटेका छन् ।

त्रेता युगको ऐतिहासिक विवाहलाई स्मरण गर्दै प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवलाई सभ्य र भव्य बनाउन जानकी मन्दिर परिवार, जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रदेश सरकार, युवा क्लब तथा स्थानीयवासी उत्साहका साथ तयारीमा जुटेका हुन् ।

पाँच वर्षको अन्तरालमा पञ्चवर्षीय महामहोत्सवमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिने जनकपुरधाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णले बताउनुभयो । उहाँले भगवान् राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन जनकपुरधाम अहिले चहलपहल र उत्साहले भरिएको बताउनुभयो ।


उहाँले पञ्चवर्षीय विवाह महामहोत्सवको तयारीलाई व्यवस्थित बनाउन सम्पूर्ण मिथिलावासी लागि परेको बताउनुहुँदै भन्नुभयो, “यो मिथिलाको धार्मिक, संस्कृति उत्सवसँग जोडिएको पर्व हो, जसको तयारीमा प्रत्येक वर्ष मिथिलाका प्रत्येक नागरिक खुला मनले लाग्ने गर्छन् र अयोध्याबाट आएका पाहुनाका लागि खाना तथा वासको व्यवस्था पनि पूर्णरुपमा हाम्रो जिम्मेवारी हो ।”

जसअन्तर्गत जनकपुरधाका मारवारी सेवा समिति, कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिले आवासको व्यवस्था गर्नुभएको छ भने उक्त स्थानका भोजनको व्यवस्था जानकी मन्दिरको तर्फबाट आयोजना हुने महन्तका उत्तराधिकारी रामरोशन दासले जानकारी दिनुभयो ।

महत्का उत्तराधिकारी दासका अनुसार विवाह पञ्चमीको अवसरमा जनकपुरधामवासी मात्र नभएर स्थानीय सरकार तथा यहाँका युवा क्लबहरू पनि तयारीमा जुटेका छन् । यहाँका चौक चौराहा मठ मन्दिरहरू पनि सजाउन थालिएका छन् ।


जनकपुरधाम उपमहानगरपालिकाको तयारी
जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी तयारीमा तीव्र रुपमा लागेको छ । त्रेता युगमा भगवान् राम र माता सीताको विवाहलाई स्मरण गर्दै मनाइने विवाह पञ्चमी महामहोत्सवलाई सफल बनाउन जनकपुरधाम उपमहानगरपालिकाले विशेष तयारी गरिरहेको छ । जनकपुरधाममा नेपाल र भारतलगायत विभिन्न देशबाट लाखौं तीर्थयात्री र पर्यटकको आगमन हुने भएकाले उपमहानगरपालिकाले व्यवस्थापनका लागि विभिन्न उपायहरू अपनाएको छ ।

जसअन्तर्गत रङ्गभूमि मैदानका हुने धनुष यज्ञका लागि पाँच सय दर्शनार्थीहरुका मञ्च व्यवस्थापनको कार्य भइरहेको छ भने जनकपुरधाम आउने श्रद्धालु भक्तजनहरुको विश्रमाका लागि धनुष यज्ञ मञ्चभन्दा दक्षिणतर्फ पाँच हजार श्रद्धालु अटाउने क्षमताको विश्रामस्थल निर्माण गरिँदै छ भने तिरहुतिया गाछीमा पनि विश्रामका लागि पण्डा लगाउने तयारी भइरहेको जनकपुरधामको प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । अयोध्याबाट आएका पाँच सय जना जन्तीका लागि कलवार कुट्टीमा व्यवस्था गरिने बताउनुभयो ।

यस्तै, यातायात व्यवस्थापनका लागि जनकपुरधाम प्रवेश गर्ने मुख्य चारवटा नाकामा ठुला सवारी साधन व्यवस्थित गरिनेछ, जहाँ जटही नाकाबाट आउने सवारी साधनलाई हनुमाननगर, मुजेलिया भएर आउेन सवारीलाई कबर्ड हल, पुलचोकबाट आउनेलाई बावन विघा र कपिलेश्वर भएर आउनेलाई सवारीलाई कपिलेश्वरको अस्थायी बसपार्क राख्ने व्यवस्था मिलाइएको नगर प्रमुख साहले बताउनुभयो ।


यसैगरी, उपमहानगरपालिकाले विवाह पञ्चमी लक्षित विभिन्न स्थानमा एक सयभन्दा बढी अस्थायी शौचालयको व्यवस्था गरिएको छ भने उपमहानगर, जानकी मन्दिर तथा युवा क्वल र सुरक्षा निकायको समन्वय र सहकार्यमा विवाह पञ्चमीलाई व्यवस्थित बनाउने तयारीमा जुटेको बताउनुभयो । 

उपमहानगरले एक सय एनसीसी क्याडर र पाँच सय स्वयम सेवक परिचालन गर्ने छ भने नगर प्रमुख साहले श्रद्धालुहरुका लागि सुत्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग पनि आग्रह गरेको बताउनुभयो ।

प्रमुख साहले भन्नुभयो,“ विवाह पञ्चमी लक्षित जनकपुरधामका मुख्य सडक, गल्ली र मठमन्दिर क्षेत्रलाई सफा र व्यवस्थित बनाउन व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ । जहाँ जानकी मन्दिर र वरपरका सार्वजनिक स्थानमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने व्यवस्था समेत गरिएको छ ।”

धनुषा ट्राफिक कार्यालयको भूमिका
पञ्चवर्षिया विवाह पञ्चमी महामहोत्सव भएकाले गत वर्षभन्दा सवारी साधन र दर्शनार्थीहरुको चाप बढ्ने हुँदा उक्त चापलाई व्यवस्थि गर्न धनुषा ट्राफिक कार्यालयले विशेष व्यवस्था मिलाएको छ । जसअन्तर्गत कार्यालयको सामाजिक सञ्चालमा सवारी साधन पार्कीङ स्थालको नक्सा नै पोस्ट गर्ने योजना गरेको छ भने विवाह पञ्चमी लक्षित ट्रफिक व्यवस्थापनका लागि धनुषा ट्राफिक कार्यालयबाट एक सय ४० जना ट्रापिक प्रहरी परिचालनक गरिने छ ।

ट्राफिक कार्यालय धनुषाका प्रमुख हरिबहादुर ओलीले जनकपुरधाम उपमहानगरपालिका भित्र स्थायी पार्किङ स्थल नहुँदा सवारी साधन यवस्थापनमा थप चुनौती थपिएको बताउनुभयो ।  कोसम्पूर्ण जिम्मेवारी आफ्नो निगरानीमा भइरहेको बताउनुभयो । ढल्केवर भएर प्रवेश गरिने सवारी साधनक लागि मुजेलियामा ब्यारिगेट लाग्छ र कबर्ड हलमा पार्किङको व्यवस्था हुन्छ । साना सावारी साधन जस्तै चार पाङ्ग्रे बाइकलाई पिराडी चौकसम्म आउने दिने । चक्रपथबाट कुनै पनि सवारी साधन भित्र छिर्दैन ।

एम्बुलेन्स र भिआइपी व्यक्तिहरुका लागि छुट्टै रुट निर्धारण गरिएको छ । सिटी हेटेल, प्रदेश कार्यालय, बाह्र विघाको उत्तर गेट हुँदै प्रादेशिक अस्पतालसम्म एम्बुलेनसको व्यवस्था गरिएको छ । भने पुलचोक भएर आउने ठस्वा सवारी साधनलाई त्यहीको अस्थायी बसपार्कमा रख्ने व्यवस्था गरिएको छ । कदम र भानुचौकबाट कुनै पनि सवारी साधन भित्र प्रवेश गर्न पाउँदैनन् ।

जटही नाकाबाट प्रवेश गर्ने सवारी ६ लेनमा एकतर्फी मिलाएर पार्किङ गरिने र साना सवारी मुरली चौकसम्म आउन दिने व्यवस्था छ ।  त्यस्तै झाँकीसहितको सवारी साधन तिरहुतिया गाछीमा राखिनेछ । भिठ्ठामोड नाकाबाट आउने सवाीलाई बेला पुल नजिक सडक छेउमा मिलाएर राखिनेछ भने कुर्थाबाट आउने सावारीलाई बलुवा प्रहरी चौकी क्षेत्रमा राखिने व्यवस्था गरिएको छ ।

विवाह पञ्चमीको अवसरमा आएको सवारी साधनको भिडले ट्राफिक व्यवस्थापनलाई थप चूनौतीपूर्ण बनाएको हुँदा सम्पूर्ण नगरवासी तथा श्रद्धालु भक्तजन समक्ष सभ्य मर्यादित बनाउन ट्राफिक नियम उल्लंघन नगर्न र नगराउन आग्रह गर्दै ट्रापिक व्यवस्थापनको चुनौती बुझिदिन अग्राह समेत गर्नुभयो । 

यो व्यवस्था विशेष गरी २० र २१ गतेका लागि लागू गरिने छ । तर, श्रद्धालुको भिडभाड १९ गते बेलुकादेखि नै सुरु हुन्छ ।


विवाह पञ्चमीमा १४ सय भन्दा बढी जनशक्ति परिचालन गरिने
सांस्कृतिक धरोहरको रुपमा रहेको धार्मिक तथा सांस्कृतिक पर्व रामजानकी विवाह पञ्चमी महोत्सवलाई सभ्य र भव्य बनाउन १४ सयभन्दा बढी जनशक्ति परिचालन गरिने छ । अयोध्याबाट आउने जन्तीलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । दुई जना डिएसपी, एक इन्सपेक्टर र एक वरिष्ठ सईको कमाण्डमा चार वटा टोली परिचालन गरिने उहाँले बताउनुभयो । आउटर र इनर गरी सात सेक्टरमा विभाजन गरी १४ सय ५१ प्रहरी र साढे सात सयभन्दा बढी सशस्त्र प्रहरीका जनशक्ति परिचालन गरिने योजना रहेको धनुषाका प्रहरी प्रमुख तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थाअन्तर्गत हेल्प डेस्क, प्राथमिक उपचार, रिजर्व टिमलगायतका टोली परिचालन गरिने छन्, सीसी क्यामेरा जडान, ड्रोन क्यामेराले निगरानी गरिने र प्रदेश र केन्द्रबाट पनि सुरक्षाकर्मी माग गरिएको छ ।”

प्रदेश सरकारले ६ सय पाहुनालाई कम्बल वितरण गर्ने
उद्योग, वाणिज्य तथा सकिल अलि मियाँले मधेश सरकार मन्त्रालय परिसरको पर्खालमा विवाह पञ्चमी लक्षित मिथिला चित्रकला बनाउन लागाइएको बताउनुभयो । उहाँले भन्नुभयो,“अयोध्याको चित्रकलाले मेहित भएर यहाँ पनि मिथिला चित्रकलाकै माध्यमबाट राम जानकी विवाह झल्किनु पर्छ ।” विवाह पञ्चमी महामहोत्सवलाई भव्य बनाउन सौन्दर्यका लागि मिथिला चित्रकला, विभिन्न पाँच स्थानमा पण्डाल, खानेपानी  तथा दुई सय अस्थायी शौचालयलगायतका व्यवस्था गरिएको बताउनुभयो । उहाँले भारतबाट आएका प्रति पाहुँना एक कम्बल गरी प्रदेश सरकारको तर्फबाट ६ सय कम्बल वितरणको व्यवस्था समेत गरिएको छ ।


साताव्यापी विवाह पञ्चमी तालिका
मङ्सिर १६ गते (आइतबार) नगर दर्शन, १७ गते पुष्प वाटिका फुलवारी लिला १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यहि दिन हुन्छ । १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

आयोध्यबाट आएका अतिथिहरुलाई २३ गते सुसम्मान बिदा गरेपछि उहाँहरु आयोध्या फर्किने कार्यक्रम रहेको छ ।