आनन्द साहको परिवारलाई पाँच लाख रुपियाँ प्रदान
मधेश प्रदेश सरकारले हमास समूहको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई सहयोग स्वरूप पाँच लाख रुपियाँ उपलब्ध गराएको छ ।
लहानकाे खुटीखोलामा आर्यघाट निर्माण हुने
लहान नगरपालिका–४ खुटीखोलामा आर्यघाट निर्माण कार्य सुरु भएको छ । वर्षौँदेखि आर्यघाट निर्माण हुनुपर्ने सहरी क्षेत्रका बासिन्दाहरूले माग गरिरहेको आर्यघाट निर्माण कार्य सुरु भएपछि खुसी देखिएका छन् ।
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रानीगन्जमा तरकारी बजार राख्ने योजना छ
पूर्वपश्चिम राजमार्गमा अवस्थित लालबन्दी नगरपालिका शिक्षा, स्वास्थ्य र अन्य सुविधामा तुलनात्मक रूपमा सर्लाहीका २० स्थानीय तहमध्ये विकसित मानिन्छ । पछिल्लो समय जिल्लाभरमा बासस्थान, शिक्षाका लागि जिल्लावासीको प्रमुख रोजाइमा पर्न थालेको छ ।
मधेश प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
मधेश प्रदेश सरकारले आज तीन जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
रासस स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ : अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस स्थानीय सरकारहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
सांस्कृतिक र आध्यात्मिक जागरणमा महायज्ञले टेवा पुग्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिराहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरूमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताउनुभएको छ ।
स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्दै ‘लहान एक्सपो’
विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन् । यहाँ सुरु भएको लहान एक्सपोमा राखिएका यी सामग्री सिरहाको लहान नगरपालिका-१ कि पार्वतीकुमारी चौधरीले बनाउनुभएको हो ।
प्रकृतिमैत्री बाँसघर ओझेलमा
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसरमा बनेको प्रकृतिमैत्री बाँसघर ओझेलमा परेको छ । डेनमार्कको दातृ संस्था डानिडाको सहयोगमा चुरे जलाधार संरक्षणको क्षेत्रमा काम गर्दैआएका जीवन केन्द्र धनुषाले सन् २०१० मा बाँसैबाँसको प्रयोग गरेर निर्माण गरिएको प्रकृतिमैत्री बाँसघर उचित स्याहार र ठाउँको बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् ।
पोल्टी फार्ममा आगलागी हुँदा लाखौँको क्षति
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित एक पोल्टी फार्ममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । विष्णुपुर गा.पा. ६ स्थित बैरगमा गाउँमा सञ्चालित राजीव पोल्टी फार्ममा मंगलबार राती आगलागी हुँदा लाखौँको क्षति भएको हो ।
आठ सय ९१ मिटर ब्याजीको मुद्दा मिलापत्र
बारामा चालु–आर्थिक वर्ष ०८०-८१ को वैशाख ४ गतेसम्म अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी आठ सय ९१ वटा मुद्दा मिलापत्र भएको छ ।
यादवलाई विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतको पक्षमा ६१ मत प्राप्त भएको छ । नेकपा (एमाले) को २४, जसपाको १९, नेकपा (माओवादी केन्द्र) को नौ, नेकपा (एकीकृत समाजवादी) को सात तथा नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक एक मत विश्वासको पक्षमा परेको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका(लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सुस्त मनस्थिति भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गौशाला नरपालिका–७ जमुनियाका ५६ वर्षीय गिरीदेव चौधरीलाई बलात्कार आरोपमा मङ्गलबार पक्राउ गरेको हो ।
आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । आज स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।
जनमत पार्टीको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित
चौथो पटक विश्वासको मतका लागि बोलाएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभाको कार्य प्रारम्भमै जनमत पार्टीले अवरोध गरेपछि प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनु भएको छ ।
पदस्थापन नहुँदा शिक्षक अलपत्र
शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन् ।
महोत्तरीका ७१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।
मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिनुहुँदै
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँको १५ महिनाको कार्यवधिमा यो चौथो पटक विश्वासको मत लिँदै हुनुहुन्छ।
देश र जनहितका काममा विलम्ब नगरौँः जुलीकुमारी महतो
यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् ।
बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा राँगा काट्न आफैले प्रहार गरेको बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु भएको छ ।
नाउपासँग एकीकरण गर्ने सदभावनाको सहमति भङ्ग
नेपाल सद्भावना पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्ने सहमति भङ्ग गरेको छ । सोमबार सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले जारी गर्दै नाउपासँग पार्टी एकीकरण गर्ने सहमति भङ्ग गरेको बताउनुभएको छ ।