• २६ पुस २०८१, शुक्रबार

जनकपुरधाममा सूर्यलाई अर्घ दिएर मनाइयो छठ पर्व

blog

जनकपुरधामको पोखरीमा छठ व्रतालु अस्ताउँदो सूर्य अर्घ दिँदै। तस्बिरः लक्ष्मी चौधरी।

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक २२ गते। जनकपुरधामका विभिन्न घाट र पोखरीमा श्रद्धालुहरूले सूर्य देवलाई सन्ध्या अर्घ अर्पण गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाएका छन्। 

चार दिनसम्म मनाइने छठ पर्वको प्रमुख दिन बिहीबार सूर्य उपासनाका रूपमा मनाइने यस पर्वमा उपवासी श्रद्धालुले सूर्यास्तको बेला जलाशयमा प्रवेश गरी सूर्यलाई सन्ध्या अर्घ दिएर पूजा अर्चना गर्दै धुमधामका साथ छठ मनाएका हुन्।

छठ पर्व विशेषगरी मधेश प्रदेश र नेपालको तराई क्षेत्रका साथै छिमेकी भारतका बिहार र उत्तर प्रदेशमा निकै महत्त्वका साथ मनाइन्छ। यो पर्वमा श्रद्धालुहरूले आफ्नो सन्तान, परिवार र सम्पूर्ण समाजको स्वास्थ्य र समृद्धिको कामना गर्दै चार दिनसम्म कठोर व्रत पालना गर्छन्। पर्वको तेस्रो दिनलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ, जहाँ श्रद्धालुले जलाशयमा सूर्यलाई अर्घ चढाउने परम्परा छ।


छठ पर्वको अवसरमा जनकपुरधाममा विशेष चहलपहल देखिएको छ, जहाँ श्रद्धालुहरूको सुरक्षित र व्यवस्थित पूजाका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवकहरू परिचालित भएका छन्।