• २ माघ २०८१, बुधबार

छठ पूजाका लागि घाट निर्माण

blog

सुनसरीको इनरुवा नगरपालिका-९ बबियाको यादव टोलमा आयोजित सरसफाईमा जुटेका स्थानीय। तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कार्तिक २१ गते। सुनसरीमा देशकै सबै भन्दा ठुलो नदी सप्तकोशी नदीसहित यहाँका दर्जन बढी जलाशयमा छठ पूजाका छठ घाट निर्माण गरिएको छ। 

पूजाका लागि सुनसरीका स्थानीय पोखरी, सुनसरी खोला, गडन खोला, बुढी खोला, सुनसरी मोरगं सिँचाइ योजना नहर तथ शाखा नरहलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम गरिएको हो । 

बिहीबार हुने छठ पर्वका लागि सुनसरीमा विभिन्न नदीखोला तथा जलाशयमा छठ घाट निर्माण कार्य भएको छ। जिल्लाको सीमावर्ती स्थानीय तहमा नदी, खोला, पोखरी तथा जलाशय अभाव रहेको ठाउँमा पोखरी बनाएर पूजापाठको तयारी गरेको छ। 

शंकरपुर शाखा नरह अन्तरगत रामधुनी, डुम्राहा, मधेसा, घोपाली टोल, बलाहा, बबिया, जल्पापुर, गौतमपुर , राजगञ्ज सिनुवारी, मध्यहर्षाही, देवानगञ्जसम्म घाट निर्माण भएका छन्। 

सितागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, हरिपुर शाखा नहर सुनसरी खोला र मरिया खोलामा हजारौँको सङ्ख्यामा छठ घाट निर्माण गरिएको छ। 

सीमावर्ती क्षेत्रमा पानीको अभाव हुने ठाउँका बर्तालुका लागि हरिनगर गाउँपालिकाले जेसिबी निःशुल्क रूपमा व्यवस्था गरेको हरिनगर ४ का वडा अध्यक्ष देवनारायण मेहताले बताउनुभयो। 

उता जिल्ला सदरमुकाम इनरुवा सहित दुहबी, रामधुनी, वराहक्षेत्र, इटहरी, कोशी, लौकही, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढीसहितका स्थानीय बजारमा छठमा प्रयोग हुने प्रसाद सामग्रीको किनमेल बढेको छ ।

बजारमा केरा, बाँसको सामग्री र माटोको सामग्रीको बारोबार ह्वातै बढेको व्यापारीले बताएका छन्।