खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु
सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।
मलङ्गवामा ५३ राउण्ड गोली बरामद
सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।
जनकपुरधाममा सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगामी वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
डढेलोले राजमार्गमा तुवाँलो, चालक र यात्रीलाई समस्या
डढेलोबाट निस्किएको धुँवाले वातावरणमा परेको असरको कारण पूर्व-पश्चिम राजमार्गको रौतहट खण्ड तुवाँलोले ढाकेको जस्तो देखिन्छ।
गृहमन्त्री लामिछानेद्वारा गढीमाईमा पूजापाठ
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार बाराको गढीमाई मन्दिरमा पूजापाठ गर्नु भएको छ धनुषाको जनकपुरधामस्थित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी भई फिर्ता आउने क्रममा बिहीबार बिहान गढीमाताको विधिवत् पूजापाठ गर्नु भएको मूल पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।
गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान
चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किँदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् ।
कोठीखोलामा ‘ड्याम’ निर्माण कार्य सुरु
सर्लाहीको चुरेभेगस्थित हरिवन नगरपालिका–१, कोठीखोलामा ‘ड्याम’ निर्माण कार्य सुरु भएको छ ।
न्यायिक समितिले सात वर्षमा दुई सय ८१ उजुरीको किनारा लगायो
वीरगन्ज महानगरपालिका अन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ ।
निर्देशक र ल्याब प्रमुखलाई थुनामा राख्ने अनुमति
जिल्ला अदालत पर्साले वीरगन्जको भेडियाहीमा रहेको नेसनल मेडिकल कलेजका निर्देशक साहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । गत सोमबार प
लैङ्गिक समानताका लागि सहकार्य
मधेश प्रदेशमा लैङ्गिक समानतालाई अगाडि बढाउन युरोपियन युनियनका प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घले सहकार्य गरेको छ । मङ्गलबार गरिएको एकदिने भ्रमणमा नेपालका लागि युरोपेली सङ्घ प्रतिनिधि मण्डलबाट भेरोनिक लोरेन्जो, नेपालका लागि युरोपेली राजदूतको अगुवाइमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोउर्बो, जर्मनका राजदूत थोमस प्रिन्स र नयाँ दिल्लीस्थित स्विडेनका राजदूतावासबाट व्रिmस्टियन कमिल, सशक्त महिला समृद्ध नेपालका तर्फ
नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मधेस सुरक्षा गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी
मधेस प्रदेशस्तरीय एक दिने सुरक्षा गोष्ठी जनकपुरधाममा सुरुभएको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको सो कार्यक्रम आज बिहानदेखि सुरुभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।
चैते दसैँमा गहवामाईको डोलीयात्रा हुने
चैते दसैँमा बीरगन्जमा पहिलो पटक गहवामाई मन्दिर परिसरबाट गहवामाईको निसान (ध्वजा) सहितको डोलीयात्रा निस्कने भएको छ ।
प्याजसहित बलेरो नियन्त्रणमा
सशस्त्र प्रहरीले बर्दीबास ३ बीपी राजमार्गबाट भारतीय प्याजसहित बलेरो पिकअप नियन्त्रणमा लिएको छ । बर्दीबासको गौरीडाँडास्थित सशस्त्रको चेक प्वाइन्ट टोलीले ४३ बोरा प्याजसहित ना १ ज ७९०३ नंको बलेरो पिकअप नियन्त्रणमा लिएको हो ।
गहुँ बाली भित्र्याउने चटारो
सर्लाहीसहित तराई क्षेत्रका किसानलाई गहुँ बाली भित्र्याउने चटारो परेको छ । यहाँका किसानले अहिले आआफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थे्रेसर लगाइरहेका छन् ।
नगर अस्पताल लालबन्दीमा ब्लड बैंक सञ्चालन
सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । फागुन २१ गतेबाट शल्यक्रिया (सिएस) माध्यमबाट प्रसुति सेवा सुरु गरेको नगर अस्पतालले ब्लड बैंक समेत स्थापना गरेको हो ।
रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल
हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।
दाना नलागेको मकैबारे अनुसन्धान गर्दै विज्ञ टोली
सर्लाहीको बागमती र बरहथवाका किसानले लगाएको वर्णशङ्कर अर्थात् हाइब्रिड मकैमा दाना नलागेको सम्बन्धमा अनुगमन गर्न विज्ञसहितको टोली सर्लाही आइपुगेको छ । सर्लाहीसहित तराईका विभिन्न जिल्लाका किसानले लगाएको मकैको घोगामा दाना नलागेको पाइएपछि बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. भीमनाथ अधिकारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलले मङ्गलबारदेखि अनुसन्धान सुरु गरिसकेको छ । सोमबार बेलुका सर्लाही आइपुगेको टोलीले मङ्गलबारदेखि बागमती र बरहथवा नगरपालिकाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीको स्थलगत अनुगमन गरी अनुसन्धान सुरु गरेको हो ।
कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
दुई बुँदे सहमतिसँगै मजदुरहरुको आन्दोलन स्थगित
उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् ।
लहानमा आठ करोड लागतमा ड्रेन बन्ने
सिराहाको लहान नगरपालिकाले आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । आज एक समारोहबिच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गर्नुभयो ।
बजार चलायमान बनाउन रात्रि मेला
वीरगन्ज बजारलाई चलायमान बनाउन रात्रि मेला आयोजना गरिने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरलगायतका विभिन्न सङ्घ संस्थाहरूको सहयोग र सहकार्यमा बिहीबारदेखि आर्दशनगरमा रात्रि बजारलाई मेलाको रूपमा आयोजना गर्न लागिएको हो ।
राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मङ्गलबार बिहान दर्शन तथा पुजा अर्चना गर्नुभएको छ ।
बर्दीबासमा बिजनेस कम्प्लेक्स र फन पार्कको डिपिआर तयार
बर्दीबास नगरपालिकाले नगर क्षेत्रको समग्र विकासका लागि तयार पारेको दुई ठूला परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।