नगरपालिकाले बुझायो किसानको कृषि महसुल
सिराहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ ।
राजविराजको राजदेवी मन्दिर (फोटो फिचर)
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा अवस्थित मुख्य बजारको पूर्व तर्फ रहेको प्रख्यात राजदेवीको मन्दिर। यस मन्दिरको गर्भ गृहमा निकै नै कलात्मक शैलीका ४ वटा कालो प्रस्तरको शिला रहेको छ त्यही शिलालाई राजदेवी भनेर भक्तजनहरूले पुज्ने गर्दछन्।
मानव अधिकार रक्षकको सवालमा प्रदेश सरकार गम्भीर
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव अधिकार रक्षकहरुको सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ ।
स्वास्थ्यमन्त्री यादवद्वारा गजेन्द्रनारायण अस्पतालको निरीक्षण
उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ।
संघीयता कार्यान्वयनको लागि तीन तहका सरकार मिलेर जानुपर्छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताको सफल कार्यान्वयनको लागि तीन तहका सरकार मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ ।
पर्सामा अनुचित लेनदेनसम्बन्धी ६६७ मुद्दा टुङ्ग्याइयो
पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबिच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक हजार सात सय ३० वटा उजुरी सम्बोधन गर्न बाँकी छ ।
पचास प्रतिशत पनि छैन प्रगति
राष्ट्रिय गौरवको योजनामध्येको पूर्वपश्चिम राजमार्गको स्तरोन्नति काम भइरहेको छ । मधेश प्रदेशको सिराहा जिल्लाको कमला नदी पूर्वदेखि सप्तरीको कञ्चनपुर पश्चिमसम्म कुल ८६ किलोमिटर स्तरोन्नतिको काममध्ये अहि
नब्बे प्रतिशत खेतमा सिँचाइ पुर्याएका छौँ
सखुवानानकरपट्टी सिराहा जिल्लाको पूर्वी भेगमा पर्ने गाउँपालिका हो । महदेवा पोर्ताहा, सोठियाइन, मौवाही इटहर्वा र सखुवानानकरपट्टी गाउँ विकास समिति मिसाएर पाँच वडा बनाइएको यस गाउँपालिकामा ६७ प्रतिशत किसान छन् । यो गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट निर्वाचित केदारनाथ यादवको दोस्रो कार्यकाल चलिरहेको छ । यादवसँग गोरखापत्र दैनिक
मधेसको दुष्कीर्ति बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता
बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
सप्तरीको कञ्चनपुर-कमला सडक योजना पूर्वी खण्डको अनुगमन
सप्तरीस्थित पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसाहासम्म निर्माणाधीन सडक योजनाको बिहीबार एक टोलीले अनुगमन गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको साढे तीन वर्ष : एकतर्फी ३३ किलोमिटर कालोपत्रे
राष्ट्रिय गौरवको योजनामध्येको पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम भइरहेको छ । मधेश प्रदेशको सिराहा जिल्लाको कमला नदी पूर्वदेखि सप्तरीको कञ्चनपुर पश्चिमसम्म कूल ८६ किलोमिटर स्तरोन्नतिको काम भइरहेको छ ।
बालमैत्री विद्यालय भवन निमार्ण भएपछि पढाइ सहज
धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ इटहर्वास्थित शिव शङ्कर जनता माध्यमिक विद्यालयमा बालमैत्री तथा समावेशी विद्यालय भवन निमार्ण भएपछि पढाइ सहजता हुने भएको छ।
वृद्धाको हत्यामा संलग्न युवक पक्राउ
सर्लाहीको बागमती नगरपालिका–४, जिरायतस्थित जङ्गल टोल बस्ने एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
वडा सदस्यको निधन
लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले राससलाई जानकारी दिनुभयो ।
मध्यवर्ती क्षेत्र स्थानीयका लागि इन्धनको स्रोत
कोशी टप्पु बन्य जन्तु आरक्ष मध्यवर्ती क्षेत्र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीयका लागि इन्धनको स्रोतको रुपमा सावित भएको छ ।
सर्लाहीको जिरायतमा वृद्धाको हत्या
सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्या भएको छ । स्थानीय वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको हत्या भएको हो ।
परीक्षामा मोबाइल दुरुपयोग चौँतिस जना कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता गर्ने ३० जना परीक्षार्थी, चार निरीक्षक र एक जना परीक्षा सहायकमाथि परीक्षा अनुगमन टोलीले कारबाही गरेको छ । अनुगमन टोलीले परीक्षा केन्द्रबाट ९३ थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ । यो वर्ष महोत्तरीका ३२ परीक्षा केन्द्रबाट नौ हजार ४३१ जना एसइईमा सहभागी छन् । परीक्षालाई स्वच्छ र मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र शिक्षा विकाश तथा समन्वय एकाइ प्रमुखको नेतृत्वमा रहेको छुट्टाछुट्टै टोलीले हरेक केन्द्र र परीक्षाकोठामै पुगेर अनुगमन गर्दै आएको छ । यसको अलावा इलाका प्रशासन र स्थानीय सुरक्षा प्रमुखले पनि आफ्ना क्षेत्रका केन्द्रमा अनुगमनलाई निरन्तरता दिएका छन् ।
सडक किनारका भौतिक संरचना भत्काउँदै महानगरपालिका
अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो ।
पर्सामा सवारी साधनको जरिवानाबाट डेढ करोड राजस्व उठ्यो
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सवारी साधनको जरिवाना बापत डेढ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज खोप अभाव
सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेबिज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् ।
होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्षमा गौतम
होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्ष पदमा हिरालाल गौतम तेस्रो पटक सर्वसम्मत चयन हुनुभएको छ ।
'सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले देशमा भएको विभिन्न खालको आन्दोलनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु
पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो ।