दसैँले सबैमा शान्ति र प्रेम विकास गर्नेछ : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले धर्म र न्यायको प्रतिष्ठा गर्ने विजयादशमीले सबैमा शान्ति, प्रेम र करुणाको विकास गर्ने अपेक्षा गर्नुभएको छ ।
दुर्गा मन्दिरमा एक हजार ७८३ बोकाको बलि
लहान–७ दुर्गा मन्दिरमा एक हजार ७८३ बोकाको बलि प्रदान गरिएको समितिले जनाएको छ । विहानदेखि बोका लिएर भक्तजनहरु भाकल गरेका बोकाको बलि प्रदान गर्न मन्दिर गएका थिए ।
जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री
मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।
छिन्नमस्तामा हेलिकप्टरबाट पुष्पवृष्टि गराइँदै
बडादसैँको अष्टमीका दिन सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने भएको छ ।
सुस्तायो चौपाया व्यापार
गत साता आएको बाढीपहिरोको प्रभाव मुलुकको व्यापार व्यवसायमा पनि देखिएको छ । बाटोघाटोमा पुगेको क्षतिले आवागमन असहज र अवरुद्ध हुँदा चौपाया व्यापार सुस्त छ ।
राजदेवी मन्दिर र धनुष सागरको आकर्षण
जनकपुरधामस्थित धनुष सागर, प्रसिद्ध राजदेवी मन्दिरलगायत आसपासको क्षेत्रमा बडादसैँको अवसरमा आएका भक्तजनको घुइँचो ।
मूर्तिहरुको आँखा खुलेसँगै दशैँको मेला शुरु
दशैंको अवधिमा माटो मुछेर निर्माण गरिएको दुर्गा भवानीसँगै अन्य मूर्ति (प्रतिमा) हरुको पूजा बिहीबारदेखि विधिवत् रुपमा शुभारम्भ भएको छ ।
चार पालिकाले दशैंमा तलब भत्ता खुवाउन सकेनन्
सर्लाहीको चारवटा पालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मी प्रमुख पर्व दशैँमा समेत तलब, भत्ता नपाउँदा निराश बनेका छन् ।
चाडपर्वमा पनि बलेनन् सडकबत्ती
रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ ।
झिलिमिली दुर्गा मन्दिर
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका(१ मा दुर्गा पूजाको लागि बिजुली बत्तीले झिलिमिली सजाइएको दुर्गा मन्दिर
महोत्तरीमा डकैतीका घटना बढे
महोत्तरीमा चाडपर्व आगमनसँगै चोरी तथा डकैतीका घटना बढेको छ । एक दिनअघि मात्र जिल्लाको सम्सीमा डकैतीको घटना घटेको थियो । मंगलबार राति ओैरहीमा लुटपाटसँगै एक जनालाई घाइते बनाएका छन् ।
छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड
नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको हो ।
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।
शक्तिपीठमा दसैँको रौनक
दसैँको पाँचौँ दिनसम्म आइपुग्दा मधेशका भगवतीका मन्दिर तथा शक्तिपीठमा भिडभाड बढ्दै गएको छ । प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका गरी आठ वटै जिल्ला
महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ
महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला सुरु भएको छ ।
बलि चढाउने बोकाको मनोमानी मूल्य
दसैँमा देवी दुर्गाको मन्दिरमा बोकाको बली दिन बोका खरिद गर्ने भक्तजन(उपभोक्ताहरू) मनोमानी मूल्यमा बोका खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
द्वन्द्वपीडितको सवाललाई सम्बोधन गर्न कार्यक्रम सञ्चालन गरिने
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले द्वन्द्वपीडितको सवाललाई सम्बोधन गर्नका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभएको छ ।
कमला नदी तर्न डुङ्गाकै भर
हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा यतिबेला जोखिम मोलेर डुङ्गाकै भरमा तर्नु परिरहेको छ । जनकपुरधामदेखि पूर्व सप्तरी र सिरहासहित पूर्व दिशाबाट हुलाकी राजमार्ग भएर आउने जोकोहीला
सुरक्षाका लागि मधेशमा १० हजार प्रहरी परिचालन
मधेश प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बसेको प्रदेशस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ ।
नारायणखोलामा तीन महिनापछि यातायात सञ्चालनमा
सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा तीन महिनापछि यातायातका साधन सञ्चालनमा आएका छन् ।
मधेशको सञ्चार क्षेत्रमा समस्याका चाङ
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशको सञ्चार क्षेत्र नाजुक अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले मधेशका मिडियाको उत्थान, प्रगति, सुरक्षालगायत समग्र क्षेत्रको अवस्था दयनीय र टिठलाग्दो रहेको बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशमा आइतबार बर्दीबासमा आयोजना गरेको ‘प्रदेश सञ्चार ऐन तथा नियमावली’ सम्बन्धी अन्तव्रिर्mया कार्यव्रmममा मन्त्री लेखीले सो कुरा बताउनुभएको हो ।
यमुनामाई गाउँपालिकामा तालाबन्दी
वडा कार्यालय साबिक गाविस भवनमा सार्नुपर्ने माग गर्दै नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले यमुनामाई गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक
मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोकनृत्यमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो ।
शक्तिपीठ मत्सरी दुर्गा मन्दिर
मिथिलामा शक्तिको महत्त्व बढी छ । सम्भवतः माता जानकीको माइती भएका कारणले पनि यस्तो हुन सक्छ ।