• १४ मंसिर २०८१, शुक्रबार

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

blog

राजविराज (सप्तरी), असोज २३ गते । नवरात्र  सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको हो ।  

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताउनुभयो । भारतबाट पनि  धेरै भक्तजन पूजा गर्न आउनेगरेका छन् । घटस्थापनाका दिनदेखि यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजा अर्चना गर्ने गरेका छन् । रासस