• २६ असोज २०८१, शनिबार

दुर्गा मन्दिरमा एक हजार ७८३ बोकाको बलि

blog

लहान–७ मा रहेको दुर्गा मन्दिरमा बोका बलि दिन लाइन बसेका भक्तजन । तस्विरः जीवछ यादव

जीवछ यादव

लहान, असोज २५ गते । लहान-७ दुर्गा मन्दिरमा एक हजार ७८३ बोकाको बलि प्रदान गरिएको समितिले जनाएको छ । विहानदेखि बोका लिएर भक्तजनहरु भाकल गरेका बोकाको बलि प्रदान गर्न मन्दिर गएका थिए । 

विहान ९ बजेसम्म बलि प्रदान गर्ने काम सम्पन्न भएको छ । यस भेगमा दुर्गा पूजामा सबैभन्दा बढी बलि प्रदान हुने गर्छ । दुर्गा मन्दिरमा बलि प्रदान गर्नका लागि व्यवस्थित र भक्तजनलाई सुविधा प्रदान गर्ने उद्देश्यले यसवर्ष व्यवस्थापन पक्ष दुरुस्त बनाएको बलि प्रदान समितिका संयोजक गौरव साहले बताउनुभयो । 

लहान–७ का पशुपति यादवका अनुसार यस वर्ष बलि प्रदान गर्न खासै भीडको सामना गर्नु परेन । डेढ सयको रसिद दिएर लाइनमा उभिएको आधा घण्टामा नै बलिप्रदान गरिएको उहाँको भनाइ छ ।