छठ पर्वको तयारी तीव्र
मधेश प्रदेशका जिल्लाहरूमा तिहार सकिएलगत्तै छठको तयारी सुरु भएको छ ।
पोखरीमा कार खस्दा दुई जना बेपत्ता
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार बिहानीपख पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् ।
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।
‘लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ’
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको छ।
छठपूजाका लागि सजाइँदै सरोवर
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका –१ मा अवस्थित प्रसिद्ध बरूण सरोवर छठ पूजाका लागि सजाइँदै ।
बिक्रीमा राखिएका केराका घरी
मधेस प्रदेशको राजधानी जनकपुरधाम फलफूल मन्डीमा छठपर्वका लागि बिक्रीमा राखिएको केराका घरी । छठपर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकाले केराको अहिले अत्यधिक माग छ।
छठपर्वका लागि कुटान पिसान सुरु
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ ।
यस वर्ष केराको मूल्य दोब्बर
छठ पर्वमा प्रसादको रुपमा छठ देउतालाई चढाइने केरा गत वर्षको तुलनामा दोब्बर मूल्य बृद्धि भएको छ । दिपावली सकेलगत्तै छठ पर्वको तयारीमा जुटेका भक्तजनहरु छठ पर्वमा पाकेको केरा प्रसादको रुपमा चढाउन लहान बजारमा केरा खरिद गर्दैगर्दा गत वर्षको तुलनामा दोब्बर मूल्यमा केरा खरिद गर्नुपरेको बताएका छन् ।
वीरगन्जका पोखरी छठ पर्वका लागि सिँगारियो
यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ ।
‘छठ मनाउन सरसापट खोज्नु पर्दैन’
मिथिलावासीले दीपावली पर्व आइतबार भैयादुज मनाइएसँगै सम्पन्न गरेका छन् । दीपावली सकिएलगत्तै अब मङ्गलबारदेखि नै पर्व छठ सुरु हुँदैछ ।
छठसँगै खुसी आउँछ डोम समुदायमा
मधेशी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन ।
जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपियाँ बराबरको केरा भारतबाट आयात गरिएको छ ।
सडक पेटीमै जन्मियो बच्चा
सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माउनुभएको छ ।
कमला नदी पार गर्न अस्थायी बाँसको पुल
यस वर्ष पनि बाँसको पुल निर्माण गरि सञ्चालनमा ल्याएको हो ।
मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आइतबार आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ ।
कमला नदीमा अस्थायी पुल निर्माण
सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।
रघुनाथ पोखरीमा छठ पर्वको तयारी
दीपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गरिएको छ ।
तीन महिनामा चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिभिन्न सवारीलाई चेकिङ्ग गर्दा ट्राफिक नियम विपरित रहेकाहरुबाट सो जरिवाना असुल गरिएको हो ।
खोरगाउँलाई तेस्रो वडाकपको उपाधि
सर्लाहीको हरिवन नगरपालिका–२, लालभित्तीमा आयोजित तेस्रो वडाकप फुटबल प्रतियोगिताको उपाधि खोरगाउँ युवा क्लबले जितेको छ ।
सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति
सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो ।
बजार अनुगमन नहुँदा ठगिँदै सर्वसाधारण
सर्लाहीका विभिन्न बजारमा तिहारका सामग्रीको किनबेच बढेको भए पनि उच्च मूल्यले सर्वसाधारण ठगिएका छन् ।
सद्भावको पर्व बन्दै छठ
छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ ।
घरमा आगलागी, लाखौँको क्षति
बर्दीबास नगरपालिका-५ स्थित सुदूरउत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौ मूल्य बरावरको मालसामान खरानी भएको छ ।
सफा पानीमा छठ स्नान गर्न पाइने आश
बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् ।