शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                शिवशंकर मिश्र
बारा, कार्तिक २२ गते। बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१९ बिन्दवासनीका २० वर्षीय राज मियाँ हुनुहुन्छ। दुर्घटनामा सोही स्थानका १७ वर्षीया महबुब मियाँ र १६ वर्षीय बिक्की यादव घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पथलैयाबाट बिरगंज आउने क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–१० नितनपुर चोक अगाडि मधेश प्रदेश ०३–०२८ प ३९०९ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भएर रेलिङमा ठोक्किएको थियो।
एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो। घाइते महबुबको टाउकोमा चोट लागेको छ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                