औद्योगीकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगीकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताउनुभएको छ ।
महोत्तरीमा सुक्खा बन्दरगाह : अर्थमन्त्री
सङ्घीय अर्थमन्त्री डा. प्रकाशशरण महतले जलेश्वर भन्सारको अनुगमन गर्नुका साथै विविध पक्षबारे जानकारी लिनुभएको छ । जनकपुरबाट साँझ साढे ५ बजेतिर मलिवारा पुग्नुभएका मन्त्री महतले जलेश्वर भन्सार नाकामा निर्माण हुने सुक्खा बन्दरगाह र नेपाल भारत एकीकृत जाँच चौकीबारे जानकारी लिनुभएको थियो ।
मलङ्गवाको कर्फ्यू हट्यो
सर्लाही सदरमुकाम मलङ्गवामा लगाइएको कर्फ्यू पूर्णरुपमा हटेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकामको अवस्था सामान्य बनेको ठहरगरी कर्फ्यू हटाउने निर्णय गरेको हो ।
सञ्चालन भएन बर्थिङ सेन्टर
गौर नगरपालिका–८, पुरेनवामा रहेको ‘बर्थिङ सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने नगरवासीको बाध्यता छ ।
स्थिर सरकार भयो भने विकासले लय पक्रन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताउनुभएको छ ।
रौतहटमा तरकारीको भाउ आकासियो
चाडबाड नजिकिने क्रमसँगै रौतहटमा तरकारीको भाउ आकासिएको छ । हिन्दु नारीको महान् चाड तीजदेखि नै बजारमा तरकारीको भाउ दोब्बर नै वृद्धि भएको छ ।
नारायणीमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आउँदो तीन महिनाभित्रमा वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किन्छ : अर्थमन्त्री महत
संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैगएकाले नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किने बताउनुभएको छ ।
प्रसूति सेवा लिन अन्यत्र जानु पर्ने नगरवासीको बाध्यता
रौतहटको सदरमुकाम गौर नगरपालिका–८ पुरेनवामा रहेको ‘बर्थिङ् सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिन अन्यत्र जानु पर्ने नगरवासीको बाध्यता छ ।
भगवती पोखरीमा फोहोर खोज्दै अभियन्ताहरू
सप्तरीको राजविराजस्थित भगवती मन्दिर पोखरीमा शनिबार बिहान दुईवटा रबरको बोटबाट बोटिङ्ग गरिएको छ । पोखरीमा फालिएका फोहोर निकाल्न सो बोटिङ गरिएको हो ।
उत्कृष्ट बालक्लब पुरस्कृत
बालविवाह न्यूनीकरणसम्बन्धी मधेश प्रदेशस्तरीय भिडियो प्रतियोगितामा प्रथम स्थान ल्याउने रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी छात्रछात्रालाई पुरस्कृत गरिएको छ । आरसिएफएम परियोजना अन्तर्गत सञ्चालित बालविवाह न्यूनीकरण भिडियो प्रतियोगितामा सहभागी मत्सरी बालक्लबका छात्रछात्रालाई दुर्गाभगवती गाउँपालिका–३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले एक कार्यव्रmमबिच ११ हजार नगद पुरस्कार प्रदान गर्नुभयो ।
पानी आएपछि स्थानीय हर्षित
सर्लाहीको उत्तरी चुरे भेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान दोङखोरियामा पहिलो पटक डिप बोरिङबाट पानी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यव्रmम अन्तर्गत १७८ मिटरको डिप बोरिङ गाडेर डेढ इन्चको पाइपमा पानी निकालिएको हो । घारिबथानमा यसअघि पटक पटक डिप बोरिङ गाडेर भूमिगत पानी निकाल्ने प्रयास गरिए पनि सफल हुन सकेको
दाजुको मुख हेर्न आएकी बहिनीको पनि निधन
लहान नगरपालिका –२३ गढाका ७५ वर्षीय मृतक दाजुको मुख हेर्न माइतीघर आउनुभएकी ७० वर्षीय रकसीदेवी सहनीको पनि निधन भएको छ ।
सप्तरीमा आगलागी हुँदा लाखौंको क्षति
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
गाउँपालिकाको समग्र विकासमा केन्द्रित छु
पर्सा जिल्लाको पश्चिम भागमा पर्ने जगरनाथपुर गाउँपालिका पिछडिएको दुर्गम क्षेत्रका रूपमा परिचित छ । दुईतर्फ भारतीय सिमाना र अन्य छ वटा पालिकासँग सीमा जोडिएको
एमाले मधेश प्रदेश अधिवेशनको लोगो सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको असोज २४ र २५ गते जनकपुरधाममा हुन गइरहेको प्रथम अधिवेशनका लागि बिहीबार नारा र लोगो सार्वजनिक गरिएको छ ।
सबैको साझा प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबैको साझा प्रयासबाट मात्र विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।
सडक सुरक्षा अभियानमा लाग्न सुझाव
लापरबाहीले जिल्लामा बढेको सड्क दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षासम्बन्धी राष्ट्रिय अभियान अन्तर्गत बिहीबार सप्तरीमा सरोकारवालासँग सचेतना कार्यक्रम भएको छ ।
‘क्युआर कोड’ मार्फत सूचना
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्युआर कोड सेवा सुरु गरेको छ । प्रहरी सङ्गठनभित्र र आमसर्वसाधारणले खबरका लागि क्युआर कोड सुविधा उपयोग गर्न सक्ने छन् ।
पर्यटन प्रवर्धनमा संस्थागत प्रयास
धार्मिक एवं प्राकृतिक सम्पदाको धनी बर्दीबासमा पर्यटन प्रवर्धनका लागि संस्थागत प्रयास हुन थालेको छ । विश्व पर्यटन दिवसका अवसरमा बर्दीबास होटल तथा पर्यटन व्यवसायी सङ्घ नगर क्षेत्रमा रहेका धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संवर्धन र प्रचारप्रसारमा जुटेको छ ।
पर्यटन दिवसको अवसरमा वृक्षारोपण
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार पर्यटन र हरित लगानी भन्ने मूलनाराका साथ ४४ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षलाई पुष्पा र अञ्जली हस्तान्तरण
पर्यटन वर्षको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई बुधबार कोशी टप्पु वन्यजन्तु आरक्षमा क्षेत्रलाई हस्तान्तरण गरिएको छ ।
फोहोर फाल्ने नगरवासी, सफा गर्ने सेना
राजविराज नगरको सौन्दर्य बढाएको भगवती मन्दिर पोखरी फोहोर फाल्ने डम्पिङ साइटका रूपमा प्रयोग हुन थालेको छ । राजविराज–७ स्थित नगरपालिका कार्यालयको मुखमै
गोली लागेर युवकको मृत्यु
अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नजराज सापकोटाले बताउनुभयो ।