• ६ माघ २०८१, आइतबार

प्रेसमा आगलागी हुदाँ १० लाखको क्षति

blog

विद्युत सर्ट भई स्थानिय पत्रकार ओमप्रकाश साहले सञ्चालन गरेको नेहा अफसेट प्रेसमा लागेको आगो । तस्बिर :देवरामप्रसाद यादव

देवरामप्रसाद यादव
सप्तरी, मङ्सिर १८ गते ।
सप्तरीको राजविराज ७ स्थित एक प्रेसमा सोमबार विद्युत सर्ट भई आगलागी भएको छ । स्थानीय पत्रकार ओमप्रकाश साहले सञ्चालन गरेको नेहा अफसेट प्रेसमा आगलागी हुदाँ १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सोमबार बिहान १०ः३० बजेतिर विद्युत सर्ट भई आगलागी भएको प्रेसका अपरेटर राजेश चौधरीले जानकारी दिनुभयो ।

आगलागीबाट कार्यालयमा रहेका कम्प्युटर, ए फो कलर प्रिन्टर, ए थ्री प्रिन्टर, इन्भटर व्याट्री, फाइव केभी स्टेप्लाइजर, फर्निचर, कगजपत्रलगायतका विभिन्न महत्त्वपूर्ण औजारहरु जल्दा १० लाख बराबरको क्षति भएको चौधरीले जानकारी दिनुभयो ।

आगो राजविराजबाट आएको वारूण यन्त्रले नियन्त्रणमा लिएको थियो भने क्षतिबारे  थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।