हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण
सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।
रौतहटका किसानले पाएनन् राहत रकम
सरकारले उपलब्ध गराएको राहत रकम रौतहटको स्थानीय तहले वितरण नगर्दा यहाँका किसान मर्कामा परेका छन् ।
संविधान दिवसमा जनकपुरधाममा सरसफाइ
मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको अवसरमा सरसफाइ तथा झण्डोत्सव कार्यक्रम सम्पन्न भएको छ।
दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई पक्राउ
महोत्तरी प्रहरीले दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
ट्रस्टको उपहार, परिषद्को व्यापार
भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शनका लागि आउने तीर्थयात्री बस्न बनाएको जनकपुरधामस्थित तिरुमाला तिरुपति देवस्थानम् यात्री निवास (धर्मशाला) होटलमा परिणत हुँदा तीर्थालु भक्तजनले सास्ती भोग्नु परेको छ ।
बन्यो कल्याणदहको बाँध
लहान नगरपालिका–२२ स्थित कल्याणदह नदीको क्षतिग्रस्त बाँध बनेको छ । अविरल वर्षाले बाँध भत्किएको र त्यसले स्थानीय किसानलाई समस्यामा पारेको समाचार गोरखापत्रमा प्रकाशन भएपछि लहान नगरपालिकाले बाँध बनाएको हो ।
नापी कार्यालयका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जसपा निर्णायक शक्ति बन्नु पर्छ : यादव
जनता समाजवादी पार्टी नेपालले ‘मन मनमा जसपा, घर घरमा जसपा’ भने मूल नाराका साथ पार्टी सङ्गठन विस्तार अभियानको शुभारम्भ गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा जसपा मधेश प्रदेश समितिले आइतबार आयोजना गरेको एक कार्यक्रमबिच जसपाका अध्यक्ष उपेन्द्र यादवले अभियानको शुभारम्भ गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी लोकतन्त्रको पक्षधर रहेको जसपालाई आउने दिनमा निर्णायक शक्ति बनाउनका लागि सङ्गठन विस्तार अभियानको शुभारम्भ गरिएको बताउनुभयो।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ ।
सिँचाइ भएपछि किसान खुसी
कमला सिँचाइ व्यवस्थापन कार्यालयले पश्चिमी नहर प्रणालीको खजुरी शाखासम्म पानी पुर्याएको छ। यो नहर प्रणालीको खजुरी शाखा धनुषाको उत्तरपूर्वी गणेशमान चारनाथ नगरपालिकामा रहेको प्रणालीको हेडवक्र्सबाट सीमावर्ती भारतीय क्षेत्रभन्दा वर कमला नगरपालिकाको खजुरीसम्म ३० किलोमिटर दुरीमा छ।
पूर्ण साक्षर घोषणा नगरमा मुसहर निरक्षर
बोदेबरसाइन नगरपालिका पूर्ण साक्षर नगर घोषणा भए पनि यहाँका मुसहर तथा दलित बस्तीका ९० प्रतिशत नागरिक अझै औँठाछाप नै रहेका छन्। नगरपालिका–६, प्रितमपुरस्थित पाँच सय परिवारको दुई वटा मुसहर बस्तीमा १९० जना नागरिक अनपढ रहेको पाइएको छ। वित्तीय संस्था तथा सहकारीहरूको समूहमा आबद्ध भएकालाई खाता खोल्न संस्थाका कर्मचारीले महिलाहरूलाई जसोतसो हस्ताक्षर गर्न सिकाएको छ।
मिथिलाञ्चलमा 'चौरचन'को रौनक
मिथिलाको लोकआस्थाको महान् पर्व चौठचन्द्र भोली (सोमबार) मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ ।
कांग्रेस नेता निधिद्वारा प्रदेश विकासमा आपसी खिचातानी नगर्न आग्रह
नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधाम लगायत मधेश प्रदेशको विकासमा सरोकारवाला निकायलाई आपसी खिचातानी नगरी समझदारीमा सक्रिय भएर लाग्न अनुरोध गर्नुभएको छ ।
पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।
शिक्षा विधेयकप्रति चिन्ता नलिन आग्रह
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संसद्मा सङ्घीय शिक्षा विधेयक दर्ता हुँदैमा चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको कारण शिक्षा क्षेत्रका विभिन्न पक्षबाट असन्तुष्टि बढेको देखिन्छ तर विधेयक अहिले संसद्मा दर्ता भएको छ । छलफलको समयमा संसद्मा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउन सक्छन् । विधेयक छलफलका लागि विषयगत समितिमा जान सक्छ । समितिले विज्ञहरूसँग छलफल गर्छ । अहिले धेरै प्रक्रिया बाँकी छ ।”
सात सय अठतिस कर्मचारीको जागिर खोसियो
वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ ।
समतामुलक समाजका लागि छुवाछूत अन्त्य हुनुपर्छ : मुख्य सचेतक दास
नेकपा (एमाले) मधेश प्रदेशका मुख्य सचेतक लखन दासले समतामूलक समाज निमार्णका लागि छुवाछूत पुर्णरुपमा अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा
जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । वि.सं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९/०८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।
मुसहर बस्तीका दुई सय बढीको क्षयरोग परीक्षण
क्षय रोगबाट पीडित बर्दिबास १४ स्थित नमुना बस्तीका २६३ जना मुसहर समुदायको स्वास्थ्य परीक्षण गरिएको छ ।
पोखरीमा डुबेर बालकको मृत्यु
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा शुक्रबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नं. ८ बजराही बस्ने पङ्कज ठाकुरको ४ वर्षीय छोरा प्रियंन्सराज ठाकुरको डुबेर मृत्यु भएको हो ।
सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे
सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।
ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रसँग जोड्दै छौँ
सिराहा जिल्लाको पुरानो औद्योगिक क्षेत्रसमेत रहेको राष्ट्रिय लोकमार्गको उत्तर र दक्षिणमा फैलिएको मिर्चैया नगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर छ। कुल ५९ हजार ४२५ जनसङ्ख्या रहेको यस नगरपालिकाको उत्तरमा उदयपुरको कटारी, दक्षिणमा कल्याणपुर नगरपालिका, पूर्वमा गोलबजार नगरपालिका र पश्चिममा कर्जन्हा नगरपालिकासँग सीमा जोडिएको छ। यस नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट दोस्रो पटक श्रवणकुमार याद
सतचालिस महिलामा समस्या
मनरासिस्वा नगरपालिकामा भएको दुईदिने स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ४७ जना महिलामा आङ खस्ने समस्या देखिएको छ । मनरासिस्वा नगरपालिकाको आयोजनामा आधारभूत नगर अस्पताल मनरामा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले गरेको महिलाको पाठेघरसम्बन्धी निःशुल्क जाँच, निःशुल्क औषधी वितरण तथा शल्यक्रियाका लागि छनोट कार्यक्रममा यो समस्या फेला परेको नगर प्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो।