• २३ वैशाख २०८१, आइतबार

सप्तरीमा अवैध गाँजा बरामद

blog

देवरामप्रसाद यादव

सप्तरी, मङ्सिर १० गते । सप्तरीको राजगढ गाउँपालिका ६ बाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी वनैनियाबाट खटिगएको गस्ती टोलीले स्थानीय भुतनी खोलाबाट २५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको दुई जना व्यक्तिले प्रहरी टोलीलाई देखेर दुई वटा झोला छाडी फरार भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीका सूचना अधिकारी डिएसपी मोहनराज विष्टले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । झोला हेर्दा २५ किलो अवैध लागूऔषध गाँजा रहेको उहाँले बताउनुभयो ।

बरामद गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले जनाएको छ । हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी विष्टले जानकारी दिनुभयो ।