काठमाडौं प्रमुखमा वालेन्द्रको मत ५९ र उपप्रमुख सुनिताको ६६ हजारभन्दा बढी
काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार बिहान ७ः४५ बजेसम्म एक लाख ८३ हजार ६७९ मतगणना हुँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएको छ ।
‘कीर्तिपुरको कला–संस्कृति संरक्षणमा जोड दिनेछु’
कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित राजकुमार नकर्मीले पदवहाली गरेसँगै कीर्तिपुर नगरवासीको स्वास्थ्योपचारमा ५० प्रतिशत सहुलियत दिने घोषणा गर्नुभएको छ । उहाँले आधारभूत आवश्यकताअन्तर्गत पर्ने स्वास्थ्योपचारलाई प्राथमिकतामा राखेर छुट गर्नेगरी कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमार्फत नगरवासीको उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
४० वटा विद्युतीय बसबाट साझाले सेवा विस्तार गर्दै, सडकको अवस्था परीक्षण सुरु
साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो ।
गाउँमै रोजगारीको सिर्जना र उत्पादन बढाउछौं : अध्यक्ष लामा
लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले लिसंखुपाखर गाउँपालिकाबाट गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनमुखी काम गर्ने बताउनुभएको छ ।
भरतपुर महानगरको पहिलो निर्णय छोरी बीमा र निःशुल्क खानेपानी
भरतपुर महानगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नुभएका रेनु दाहालले पहिलो निर्णयमा महानगरमा जन्मने छोरीको निःशुल्क जीवन वीमा र खानेपानी निशुल्क गर्ने निर्णय गर्नुभएको छ ।
काठमाडौं महानगर- १९ मा कांग्रेसका श्रेष्ठ विजयी
काठमाडौं महानगरपालिका- १९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ एक हजार २०० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतक प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभयो ।
‘हामीभन्दा राम्रा रहेछन्’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतमा जनप्रतिनिधिले गरेका राम्रा कामको अनुसरण गर्न र खराब कामलाई नदोहो-याउन आग्रह गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गर्न मङ्गलबार आयोजित कार्यक्रममा उहाँले नेता तथा कार्यकर्तामा जनताको सेवक हुनुपर्ने गुण आवश्यक भएकाले आफूले आफैँलाई मूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।
ललितपुर महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी : कुन नगरमा कसको जित ?
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ।
रसुवाका सञ्जन घले सगरमाथामा
नमराज सुबेदीनुवाकोट, जेठ १० गते । रसुवाको नौकुण्ड गाउँपालिकाका २९ वर्षीय सञ्जन घलेले सगरमाथा हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँले गत वैैशाख ३० गते हिमालको आरोहण गर्नुभएको हो । रसुवाको नौकुण्ड गाँउपालिकाबाट सगरमाथा आरोहण गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले यसअघि पाँच वटा हिमालको आरोहण गरिसक्नुभएको छ । सुरुमा २०२० मा ६८९९ मिटरको लुबुला आरोहण गर्नुभएको घलेले अहिलेसम्म छ वटा हिमालको आरोहण गरिसकेको जानकारी दिनुभयो ।
महानगरवासीलाई निराश हुन दिन्न: नवनिर्वाचित प्रमुख दाहाल
चितवन, जेठ १० गते । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभएकाे हाे । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतैतर्फ लाग्छु ।” पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङ्ग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँचदलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहो¥याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्नेतर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधानतर्फ पनि विशेष ध्यान दिनेछु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहाेर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमानदारी प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्नतर्फ लाग्छाैँ ।”
“नगरवासीलाई अनुभूति हुने गरी काम गर्छु ” : भीमेश्वर नगरपिता मानन्धर
बाबुराम शर्माचरीकोट, जेठ १० गते । दोलखाको सदरमुकामस्थितको भीमेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख ईश्वरनारायण मानन्धरले नगरवासीलाई अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । चुनावी घोषणपत्रमा गरिएका सङ्कल्पभन्दा अझ बढी नगर विकासका काम हुने बताउँदै उहाँले भन्नु भयो, ‘‘नेपाली काँग्रेसको प्रतिनिधित्व गरी निर्वाचनबाट जिते पनि अब आपूm नगरका सबै दल र नगरवासीको प्रमुख भएर काम गर्नेछु । नगरवासीबाट लिँदै आएको कर घटाउँदै करको दायरा बढाउने मेरो पहिलो एजेन्डा हुनेछ । भ्रष्टाचार शून्य बनाउँदै नगरवासीका हितका काम सञ्चालन गरिनेछ ।’’ कृषि तथा पशुपालन जीवनको प्रमुख आधार, निःशुल्क स्वास्थ्य उपचार–नगरवासीको नैसर्गिक अधिकामर, गुणस्तरीय शिक्षा–आजको आवश्यकता, संस्कृति र पर्यटन–जीवनस्तर उकास्ने प्रमुख धन, श्रम, रोजगार र सामाजिक सुरक्षा–नागरिकको आवश्यकता, युवा तथा खेलकुद–स्वास्थ्य समाजको प्रमुख आधार उहाँको सङकल्पपत्रमा उल्लेख छ । त्यसैगरी सङकल्पपत्रमा खानेपानी सरसफाइ र सिँचाइ–विकासका प्रमुख आधार, भौतिक पूर्वाधार, यातायात तथा सडक–विकासका प्रमुख आधार, उद्योग वाणिज्य–रोजगारीका अवसर, जलस्रोत–हाम्रो प्राकृतिक स्रोत र सूचना तथा सञ्चार प्रविधि–समाजको द्रुतगति उल्लेख छ । पूरा नहुने योजना र सपनाका चाङले नगरवासी वाक्कदिक्क भइसकेका छन् । उहाँले भन्नुभयो, म नगरवासीलाई ब्युँताउन पनि आएको हो । नगर निर्माणमा जनप्रतिनिधि र नगरवासी सँगसँगै रहने छौँ । नगरमा हामीले देखिराखेका छौँ । ठूला खाले पूर्वाधार बन्यो भनियो तर बजेट अभावले अपूरा र अलपत्र रहेका छन् । यस्ता खाले विकासले सुशासन, पारदर्शिता र जबाफदेहितामा गैरजिम्मेवारीको बढोत्तरी हुन पुगेको छ । पाँच वर्षमा भएका आर्थिक दुरुपयोग र भ्रष्टाचारको छानबिन गरी सत्य तथ्य नगरवासीसामु ल्याउनेमा प्रतिवद्ध छौँ । उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधिमा काम गर्दा नगरवासीलाई धोका दिने छैन । मेरो स्थानीय सरकार मेरै लागि काम लाग्छ, मेरो भलो, मेरै स्थानीय सरकारले गर्छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।’
दीर्घरोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण र औषधि : प्रमुख
प्रमुख बस्नेतले पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउने, नगरभित्र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गर्नुभएको हो ।
‘सुनकोशी नदी करिडोरमा सडक ट्रयाक खोलेर पर्यटन प्रjर्द्धन गर्नेछौँ’–अध्यक्ष टपेन्द्र
चित्र मिजारसिन्धुपाल्चोक, जेठ १० गते । सुनकोशी गाउँपालिका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाले सुनकोशी गाउँपालिकालाई समृद्ध पार्न कृषि, पर्यटन र उद्योगको क्षेत्रमा काम गर्ने बताउनुभएको छ ।सुनकोशी गापा क्षेत्रको चेहेरे, सुकुटे, बलेफी, कोठे, पाङ्ग्रेटारको सुनकोशी नदी करिडोरमा सडक ट्रयाक निर्माण गरी उक्त करिडोरमा पर्यटकीय नगरी निर्माण गर्ने जानकारी दिनुभएको हो । उक्त क्षेत्र रिसोर्ट व्यवसाय र ¥याप्टिङका लागि परिचित छ । सो क्षेत्रको सीप, क्षमतालाई ख्याल गर्दै ग्रामीण भेगमा गलैँचा, सिलाइ बुनाइलगायतका काममा प्रवर्धन गरेर स्थानीय महिलालाई आत्मनिर्भर बनाउने योजना अघि सार्ने उहाँले बताउनुभएको छ । माटो सुहाउँदो कृषिक्षेत्रमा काम गर्ने, गाउँमै आयआर्जन गरेर जीविकोपार्जन गर्न सक्ने कामलाई प्राथमिकता दिने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर बढाउने र स्थानीय पाठ्यक्रम तयार गरी विद्यालय तहमा लागू गर्ने उहाँले योजना सुनाउनुभयो । सुत्केरीलाई एक हजार ५ सय सुत्केरी भत्ता दिने, छोरी जन्मिएको हकमा थप एक हजार सुत्केरी स्याहारसुसार खर्च उपलब्ध गराउने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगीलाई चिकित्सकको कागजपत्रको आधारमा घरमै औषधि उपलब्ध गराउने ।
भरतपुरमा दाहाल भारी मतान्तरले विजयी
भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुख पद जित्नु भएको हो ।
‘धुलिखेललाई गरिबविहीन नगरपालिका घोषणा गर्छौं’
नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका अशोककुमार ब्याञ्जू दोस्रो कार्यकालका लागि काभ्रेको धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको छ । ब्याञ्जूले आफ्नो दोस्रो कार्यकालमा पहिलो कार्यकालमा सुरु गरेका अधूरा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ब्याञ्जूले दुई वर्षको अवधिमा धुलिखेल नगरपालिकालाई गरिब नभएको नगरपालिकाका रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी २०७४ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि भएर आउँदा नगरपालिकाभित्र गरिबीको
रासायनिक मलको टुङ्गो लागेन
रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३ बोरा रासायनिक मलको विषय अझै अन्योलमा छ ।
सबै जनप्रतिनिधिद्वारा पदबहाली गरी आफ्नो कार्यभार ग्रहण
बाबुराम देवकोटासिन्धुलीमाढी, जेठ ९ गते । सिन्धुली जिल्लामा स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो कार्यभार ग्रहण गर्नुभएको छ ।जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा पालिकाका प्रमुख तथा उपप्रमुखले सोमबार एक समारोहबीच पदबहाली गरी कार्यभार सम्हाल्नुभएको छ । बाँकी दुई पालिका दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले शपथग्रहण गरेकै दिन शुक्रबार पदबहाली गरी कार्यभार सम्हाल्नुभएको छ ।कमलमाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले आफ्नो कार्यभार सम्हाल्नु हुँदै कमलामाई नगरपालिकालाई सबै मिलेर सुन्दर र समुन्नत बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले म र मेरो लागि धेरै ग¥यौँ, अब हामी र हाम्रो भनेर सबैले साथ सहयोग गरेर यो नगरलाई समुन्नत बनाउन लाग्न हार्दिक अनुरोध गर्न चाहन्छु ।’यसअघिको स्थानीय सरकारले गरेको राम्रा कामलाई निरन्तरता दिँदै अझ जनमुखी कार्यक्रम ल्याउने उहाँको भनाइ थियो । सो अवसरमा मेयर पोख्रेलले उपप्रमुख मञ्जु देवकोटालाई पद तथा गोपनीयताको शपथग्रहण गराई पदबहाली गराउनुभएको छ ।बाँकी तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोसी, घ्याङलेख, मरिण गाँउपालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखले पनि सोमबार नै पदबहाली गरी आफ्नो कार्यभार सम्हाल्नुभएको छ । घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले कृषि, रोजगारी, स्वास्थ्य, शिक्षाको कार्यक्रम गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो ।सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये सात वटा पालिका सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले जित निकालेको छ । नेकपा (एमाले)ले दुई वटा पालिका जित्न सफल भएको छ । सत्तारुढ गठबन्ध कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा जित निकाल्न सफल भएको छ ।त्यस्तै, नेकपा एमालेले सत्तारुढ गठबन्धनका उमेद्वारलाई पराजित गरी फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा जित निकालेको छ । जिल्लाको ७९ वडामध्ये सबैभन्दा बढी वडामा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवारले जित हात पारेका छन् । नेपाली कांग्रेसले ३० वटा, नेकपा माओवादी केन्द्रले २६ वटा र नेकपा एमालेले २३ वडा जित्न सफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
‘बलेफी गापाको समग्र विकास परिर्वतन र समद्धिमा काम गर्छु’–अध्यक्ष गंगा
चित्र मिजारसिन्धुपाल्चोक, जेठ ८ गते । बलेफी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गंगाबहादुर तामाङले समग्र बलेफीको विकास, परिर्वतन र समृद्धिमा काम गर्ने बताउनुभएको छ । बलेफबासीको स्वास्थ्यलाई ख्याल गर्दे एम्बुलेन्स खरिद गरी अस्पलात र घर लाने लैजाने, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र जनशक्ति बढाई गुणस्तरीय उपचार सेवा दिलाउने उहाँले बताउनुभएको छ । गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त कार्यक्रम अघि सार्ने, जेष्ठ नागरिकको स्वास्थ्य प्रति विभिन्न काम गर्दे सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पु¥याउने अध्यक्ष तामाङले बताउनुभयाे ।बलेफी गाउँबासी अधिकांश कृषि पेशा, व्यवसाय निर्भर रहेकाले कृषि क्षेत्रका परिवर्तनका लागि कृषकसँगको सहभागितामा योजना तर्जुमा गर्ने, समयमा रासायनिक मल, वीउबीजन, औषधी उपलब्ध गराउने उहाँले बताउनुभएको छ । दूधमा प्रतिलिटर दुई रुपियाँ अनुदान दिने, बलेफीमा विभिन्न नाममा जथाभावी कर संकलन गरिँदै आइएको छ । कर जनताको पहुँचअनुसार पार्ने र अतिन्यून कर प्रणाली लागू गरिने अध्यक्ष गंगाले जानकारी दिनुभएको छ ।
भरतपुरमा दाहालको दश हजार बढीको अग्रता
भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिनुभएको छ ।
पराजित भए पनि चर्चामा हुनुहुन्छ स्वतन्त्र उम्मेदवार नरसिंह ब्यञ्जनकार
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा विजयी उम्मेदवारको चर्चा चलिरहँदा ललितपुरमा पराजित स्वतन्त्र उम्मेदवारको चर्चा पनि कम छैन । दशौं पटकसम्म वडाध्यक्षको जिम्मेवारीमा रहँदै आउनुभएका नरसिंह ब्यञ्जनकारकाे भाग्य जुरेन, याे पटक । तर पनि, स्थानीय निकाय र त्यहाँका जनताको सेवा गर्ने ईच्छा तन र मनमा जिउँदै छ अहिले पनि उहाँमा ।
भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
तीन दिनपछि चितवनमा विजुली सञ्चालन
हावाहुरीका कारण अवरुद्ध विद्युत तीन दिनपछि गएरातीवाट पून सञ्चालनमा आएको छ । गत शुक्रवार देखि हावाहुरीले विजुलीको पोल भाचेर अवरुद्ध भएकोे विजुली मर्मत सुधारपछि आइतवार रातीवाट पून सञ्चालनमा आएको हो ।
ललितपुर– २१ मा माओवादी केन्द्रका महर्जन विजयी
ललितपुर महानगरपालिका– २१ को वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) रविन्द्र महर्जन विजयी हुनुभएको छ । उहाँले एक हजार १९९ मत ल्याउनुभयो ।
बलात्कार आरोपित पाण्डेमाथि थप अनुसन्धान सुरु
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।