• १८ असार २०८१, मङ्गलबार

ललितपुर– २१ मा माओवादी केन्द्रका महर्जन विजयी

blog

ललितपुर महानगरपालिका– २१ को वडाअध्यक्ष रविन्द्र महर्जन । तस्विरः गोरखापत्र

ललितपुर, जेठ ९ गते । ललितपुर महानगरपालिका– २१ को वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) रविन्द्र महर्जन विजयी हुनुभएको छ । उहाँले एक हजार १९९ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ज्ञानभक्त डंगोलले एक हजार १८० मत प्राप्त गर्नुभयो ।

सो वडाको महिला सदस्यमा माओवादी केन्द्रकी हेलेन शोभा महर्जन विजयी हुनुभएको छ । वडा सदस्यद्वयमा माओवादीका प्रदीप डंगोल र एमालेका शालीक राम महर्जन विजयी हुनुभएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका १६ को वडाअध्यक्षमा नेपाली कांग्रेसका निर्मल रत्न शाक्य विजयी हुनुभएको छ । उहाँले दुई हजार ३७३ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार शाक्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शुप्रभा शाक्यले एक हजार ६३८ मत प्राप्त गर्नुभयो । सो वडाको महिला सदस्यमा कांग्रेसकी बबिता श्रेष्ठ र सदस्यद्वयमा कांग्रेसका पञ्चरत्न बज्राचार्य र मदन महर्जन विजयी हुनुभयो  ।

महानगरको १८ वडाअध्यक्षमा एमालेका दामोदर खड्का ८९१ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्कर केसीले ७०४ मत ल्याउनुभयो । सो वडाको महिला सदस्यमा एमालेकी रुकु मणि महर्जन, दलित महिलामा एमालेकी राधिका रोक्का, सदस्यद्वयमा एमालेका निरोज कुँवर र गोपाल डंगोल निर्वाचित हुनुभयो ।

यसैगरी, महानगरको वडा नं २० को अध्यक्षमा कांग्रेसका चन्द्रलाल महर्जन एक हजार ३१५ मतसहित विजयी हुनुभयो । सो वडाको महिला सदस्यमा कांग्रेसका गीता महर्जन, दलित महिलामा मंगल देवी नेपाली र सदस्यद्वयमा कांग्रेसका अमर डंगोल र शैलेन्द्र शाक्य निर्वाचित हुनुभएको छ ।

वडा नं २३ मा एमालेका जीवन महर्जन एक हजार ४३ मतसहित वडाअध्यक्षमा निर्वाचित हुनुभयो । सो वडाको महिला सदस्यमा एमालेकी मधु श्रेष्ठ, दलित महिलामा सानुमाया विक, सदस्यद्वयमा एमालेका किरण खड्का र राजन मल्ल ठकुरी विजयी हुनुभएको छ ।