• ४ जेठ २०८१, शुक्रबार

काठमाडौं महानगर- १९ मा कांग्रेसका श्रेष्ठ विजयी

blog

काठमाडौं, जेठ ११ गते । काठमाडौं महानगरपालिका- १९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ एक हजार २०० मतसहित विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभयो । 

सो वडाको महिला सदस्यमा कांग्रेसकी रेणुकमल भारती शाही, दलित महिला सदस्यमा कांग्रेसकी रन्जीता परियार र सदस्यद्वयमा कांग्रेसका चन्द्रमान डंगोल र कांग्रेसकै दिनेशमान जोशी विजयी हुनुभएको छ ।

 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।