• १९ असार २०८१, बुधबार

तीन दिनपछि चितवनमा विजुली सञ्चालन

blog

भरतपुर बैशाख ९ गते । हावाहुरीका कारण अवरुद्ध विद्युत तीन दिनपछि गएरातीवाट पून सञ्चालनमा आएको छ । गत शुक्रवार देखि हावाहुरीले विजुलीको पोल भाचेर अवरुद्ध भएकोे विजुली  मर्मत सुधारपछि आइतवार रातीवाट पून सञ्चालनमा आएको हो । 

नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पौडेल प्राधिकरणका कर्मचारीहरुको अथक प्रयास पछि  अवरुद्ध विजुली पून सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । “भाचिएका प्राय पोलहरुको मर्मत सुधार तथा आवश्यकता अनुसार नयाँ परिवर्तन गरि विजुली सञ्चालनमा ल्याइएको छ”, उहाँले गोरखापत्रसँग भन्नुभयो । 

तीन दिनसम्म विद्युत लाइन नहुँदा सर्वसाधरणले सास्ती भोग्नु परेको थियो । शुक्रवार साँझ आएको हावाहुरीले चितवनका विभिन्न ठाउँमा विजुलीका पोल भाँचिएका थिए । जिल्लाभर करिव ८० वटा पोल भाँचिएको प्राधिकरणले जनाएको छ । भाँचिएका पोलहरुको मर्मत सुधार तथा नयाँ फेरिएपछि अवरुद्ध विजुली दिइको हो ।  

Author

वसन्त पराजुली