• १८ असार २०८१, मङ्गलबार

‘बलेफी गापाको समग्र विकास परिर्वतन र समद्धिमा काम गर्छु’–अध्यक्ष गंगा

blog

बलेफी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गंगाबहादुर तामाङ

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ८ गते । बलेफी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गंगाबहादुर तामाङले समग्र बलेफीको विकास, परिर्वतन र समृद्धिमा काम गर्ने बताउनुभएको छ । बलेफबासीको स्वास्थ्यलाई ख्याल गर्दे एम्बुलेन्स खरिद गरी अस्पलात र घर लाने लैजाने, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र जनशक्ति बढाई गुणस्तरीय उपचार सेवा दिलाउने उहाँले बताउनुभएको छ ।

गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त कार्यक्रम अघि सार्ने, जेष्ठ नागरिकको स्वास्थ्य प्रति विभिन्न काम गर्दे सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पु¥याउने अध्यक्ष तामाङले बताउनुभयाे ।

बलेफी गाउँबासी अधिकांश कृषि पेशा, व्यवसाय निर्भर रहेकाले कृषि क्षेत्रका परिवर्तनका लागि कृषकसँगको सहभागितामा योजना तर्जुमा गर्ने, समयमा रासायनिक मल, वीउबीजन, औषधी उपलब्ध गराउने उहाँले बताउनुभएको छ । दूधमा प्रतिलिटर दुई रुपियाँ अनुदान दिने, बलेफीमा विभिन्न नाममा जथाभावी कर संकलन गरिँदै आइएको छ । कर जनताको पहुँचअनुसार पार्ने र अतिन्यून कर प्रणाली लागू गरिने अध्यक्ष गंगाले जानकारी दिनुभएको छ ।