• १२ असार २०८१, बुधबार

दीर्घरोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण र औषधि : प्रमुख

blog

चित्र मिजार
सिन्धुपाल्चोक, जेठ १० गते ।
बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकावासीको पक्षमा पहिलो जनतामुखी निर्णय सार्वजनिक गर्नुभएको छ ।

प्रमुख बस्नेतले पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउने, नगरभित्र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गर्नुभएको हो ।

आगलागीलाई नियन्त्रणका लागि वारुणयन्त्र खरीद गर्ने र चौबिसै घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म निःशुल्क दिवा खाजा व्यवस्थापन गर्ने निर्णय गर्नुभएको छ ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने, कृषि, पशुपालनलाई विशेष प्राथमिकतामा राखेर पकेट क्षेत्र घोषणा, अनुदान ,भण्डारण, प्रशोधन र बजार व्यवस्थापन प्रबन्ध गर्ने, विभिन्न क्षेत्र परिचालनका माध्यमबाट नगरवासीलाई रोजगार र आत्मनिर्भर बनाउन प्रमुख  बस्नेतले लिखित निर्णय गर्नुभएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण, सिँचाइ, कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा काम गदै बाह्रबिसे नगरलाई मुलुकै नमूना र उदारणीय पालिका बनाउने प्रमुख बस्नेतले जानकारी दिनुभएको छ । उक्त क्षेत्रमा के कस्ता काम गर्दा उचित हुन्छ, त्यसका लागि सम्बन्धित क्षेका विज्ञ र सरोकारवाला व्यक्तित्वसँग परामर्श, सुझाव सङ्कलन गरेर योजना निमार्ण गर्दे कार्यान्वयनमा अघि बढ्ने उहाँले बताउनुभयो ।