• १९ असार २०८१, बुधबार

‘सुनकोशी नदी करिडोरमा सडक ट्रयाक खोलेर पर्यटन प्रjर्द्धन गर्नेछौँ’–अध्यक्ष टपेन्द्र

blog

सुनकोशी गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिना

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ १० गते । सुनकोशी गाउँपालिका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाले सुनकोशी गाउँपालिकालाई समृद्ध पार्न कृषि, पर्यटन र उद्योगको क्षेत्रमा काम गर्ने बताउनुभएको छ ।

सुनकोशी गापा क्षेत्रको चेहेरे, सुकुटे, बलेफी, कोठे, पाङ्ग्रेटारको सुनकोशी नदी करिडोरमा सडक ट्रयाक निर्माण गरी उक्त करिडोरमा पर्यटकीय नगरी निर्माण गर्ने जानकारी दिनुभएको हो । उक्त क्षेत्र रिसोर्ट व्यवसाय र ¥याप्टिङका लागि परिचित छ । 

सो क्षेत्रको सीप, क्षमतालाई ख्याल गर्दै ग्रामीण भेगमा गलैँचा, सिलाइ बुनाइलगायतका काममा प्रवर्धन गरेर स्थानीय महिलालाई आत्मनिर्भर बनाउने योजना अघि सार्ने उहाँले बताउनुभएको छ । माटो सुहाउँदो कृषिक्षेत्रमा काम गर्ने, गाउँमै आयआर्जन गरेर जीविकोपार्जन गर्न सक्ने कामलाई प्राथमिकता दिने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर बढाउने र स्थानीय पाठ्यक्रम तयार गरी विद्यालय तहमा लागू गर्ने उहाँले योजना सुनाउनुभयो । सुत्केरीलाई एक हजार ५ सय सुत्केरी भत्ता दिने, छोरी जन्मिएको हकमा थप एक हजार सुत्केरी स्याहारसुसार खर्च उपलब्ध गराउने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगीलाई चिकित्सकको कागजपत्रको आधारमा घरमै औषधि उपलब्ध गराउने ।