• ११ पुस २०८१, बिहिबार

रसुवाका सञ्जन घले सगरमाथामा

blog

नमराज सुबेदी
नुवाकोट, जेठ १० गते ।
रसुवाको नौकुण्ड गाउँपालिकाका २९ वर्षीय सञ्जन घलेले सगरमाथा हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँले गत वैैशाख ३० गते हिमालको आरोहण गर्नुभएको हो ।

रसुवाको नौकुण्ड गाँउपालिकाबाट सगरमाथा आरोहण गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले यसअघि पाँच वटा हिमालको आरोहण गरिसक्नुभएको छ ।

सुरुमा २०२० मा ६८९९ मिटरको लुबुला आरोहण गर्नुभएको घलेले अहिलेसम्म छ वटा हिमालको आरोहण गरिसकेको जानकारी दिनुभयो ।