सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना
नेपालमा सोमबारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ ।
कालिमाटीमा कन्दमूलको व्यापार (फोटो फिचर)
उल्लासमय माघे सङ्क्रान्ति तथा पर्व माघीको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढेको छ। अन्य समयमा सामान्य रूपमा व्यापार हुने तरुलगायतका कन्दमूलको व्यापार अहिले बढेको छ।
छाडा गाईगोरु व्यवस्थापन गर्दै सिद्धार्थनगर
छाडा गाईगोरुको समस्या विकराल बनेपछि सिद्धार्थनगर नगरपालिकाले नियन्त्रणका लागि दोस्रो पटक अभियान सुरु गरेको छ ।
देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु
पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु भएको छ ।
सत्तरी हजार सवारी लाइसेन्स नक्कली भएको आशङ्का
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स ) सम्बन्धमा यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरेको छ ।
कालापानीलाई बेस क्याम्प बनाइने
सैलुङ डाँडालाई पर्यटकीय स्थल बनाउन सैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन लागिएको छ ।
मेलम्चीको दैनिक पाँच करोड लिटर पानी वितरण भोलिदेखि
मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यव्रmमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी उपत्यकावासीको धारामा पुग्ने छ ।
त्रिवि उपकुलपति चयनमा सकस
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद रिक्त भएको साढे दुई महिना नाघिसकेको छ । उपकुलपति मात्रै होइन, त्यहाँका शिक्षाध्यक्ष र रजिस्ट्रारसमेतको पदावधि समाप्त भएर अहिले सबै पदमा निमित्तहरू आसीन छन् । विश्वविद्यालय ऐनमा रहेको ‘कुलपतिले तीन महिनाका लागि पदाधिकारी तोक्न सक्ने छ’ भन्ने विधानलाई अँगालेर त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पूर्वशिक्षाध्यक्षलाई उपकुलपति र डिन पदमा रहेका दुई जनालाई शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिइएको छ । त्यसरी तोकिएको तीन महिनाको समयसमेत सकिन अब केही दिन मात्रै बाँकी छ तर विश्वविद्यालयले पदाधिकारी पाउला जस्तो सम्भावना देखिएको छैन । सारमा भन्नुपर्दा देशकै ठुलो र गरिमा बोकेको महत्वपूर्ण विश्वविद्यालय अहिले तदर्थवादमा चलेको छ ।
किसानसँग रमाउँदै एफएओका महानिर्देशक दोङयु
फाँटभरी आलुखेतिको हरियाली । सिजनका काउली, बन्दा, लसुन, प्याजहरू उस्तै लहलहाउँदै थिए । सधैँ खेत बालीको स्याहारमा भुल्ने काभ्रेको कुन्त बेसीका किसानलाई शनिवार भने दसैँ आए जत्तिकै भयो । कोही खेतमा गएनन् । गाउँमा दुई वटा खसी ढालेर भोज बनाइयो ।
चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग
दुई दिनसम्म भरतपुरमा चलेको सातौँ राष्ट्रिय चेपाङ भेलाले चेपाङ बसोबास क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । भेलापछि शनिबार यहाँ जारी गरिएको चितवन घोषणापत्रमा
बैङ्किङ क्षेत्र देशको अर्थतन्त्रको ऐना हो
बैङ्किङ क्षेत्र देशको अर्थतन्त्रको ऐना हो । देशको अर्थतन्त्र सुदृढ दिशामा अगाडि बढेका बेलामा बैङ्किङ क्षेत्र पनि राम्रो हुने हो । लगानी गर्न सबै बैङ्कहरू तत्पर हुँदाहुँदै पनि उद्योगी व्यवसायीहरूको मनोबल त्यति उच्च छैन । आर्थिक वर्ष २०७९-८० मा बाह्य क्षेत्र असन्तुलनलाई सम्बोधन गर्नका लागि अवलम्बन गरिएको आयात नियमनले वस्तु पैठारीमा कमी आए पनि राजस्व असुलीमा भने प्रतिकूल प्रभाव पर्न गयो ।
डिडिसीकाे निमित्त महानिर्देशकमा अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।
मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा
सङ्घीय पर्यटन विकास साझेदारी कार्यव्रmम अनुसार पर्यटकलाई शैलुङ जान सहजताका लागि निर्माण सुरु गरिएको मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा पुगेको छ । सरकार र पालिकाको ७० र ३० प्रतिशत साझेदारीमा पाँच करोड ३० लाख रुपियाँ लागतमा बेस क्याम्प कालापानीदेखि केही माथिबाट भएको निर्माण मिनी ग्रेटवालको ९८ प्रतिशत काम सम्पन्न भएको पालिकाका इन्जिनियर कमलबहादुर थापामगरले जानकारी दिनुभयो ।
उद्योगी व्यवसायीलाई दुःख दिएर मुलुक चल्दैन : उद्योगमन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायीलाई दुःख दिएर र अनावश्यक समस्यामा पारेर मुलुक चल्न नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान
राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ।
आफैँले काटेको हाँगाले च्यापिएर मृत्यु
मकवानपुरमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका योगेश अर्यालको आफैले काटेको हागाले लागेपछि रुखमा च्यापिएर शनिबार मृत्यु भएको हो ।
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपिओ बिक्री गर्दै
सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।
मेलम्चीको पानी सुन्दरीजलमा, माघ १ बाट वितरण हुने
मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बिहीबारदेखि सुरुङ्मा छाडिएको पानी सुनदरीजल आइपुगेको छ ।
थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा जिप दुर्घटना
शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना भएको छ ।
हस्तकला नीतिलाई पूर्णता दिने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्याएको हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
सञ्चारमन्त्रीद्वारा घाइतेको प्रभावकारी उपचारका लागि निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
जनताको माग अनुसार रेलमार्गको विकल्प खोज्न सरकार तयार छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्व पश्चिम विद्युतीय रेलमार्गको रेखाङ्कनका क्रममा सर्वसाधारण जनताले उठाएका समस्याको सम्बोधन हुने बताउनुभएको छ ।
दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसले शुक्रबार राति दाङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।