• २१ असार २०८१, शुक्रबार

गोरखापत्रकर्मी दाहाल सम्मानित

उद्योगी व्यवसायीलाई दुःख दिएर मुलुक चल्दैन : उद्योगमन्त्री रिजाल

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल गोरखापत्रका बागमती प्रदेश संयोजक राममणि दाहाललाई सम्मान गर्नुहुँदै ।

राममणि दाहाल

हेटौँडा, पुस २८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायीलाई दुःख दिएर र अनावश्यक समस्यामा पारेर मुलुक चल्न नसक्ने बताउनुभएको छ ।

उद्योग सङ्घ मकवानपुरको २२ औँ साधारणसभा तथा अधिवेशनको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले उद्योग व्यवसायीमाथि राजनीतिक दल, सरकारलगायतका क्षेत्रबाट हेर्ने अहिलेको दृष्टिकोणमा परिवर्तन आवश्यक भएको बताउनुभयो । 


भौतिक संरचना निर्माणका ठूला योजना र सरकारी स्वामित्वको उद्योगहरु सार्वजनिक निजी साझेदारीको अवधारणमा सञ्चालन गर्नुपर्छ मन्त्री रिजालले भन्नुभयो होइन भने सरकारको लगानी मरभूमि पानी हाले सरह हुने छ ।

मन्त्री रिजालले औद्योगिक क्षेत्रले हाल लिँदै आएको घर जग्गाको भाडा दर घटाउनु आवश्यक भएको भन्दै सरकारले उद्योग धन्द चलाउनेभन्दा उद्योग चलाउने वातावरण बनाइदिने हो भन्नुभयो । उहाँले उद्योगको संरक्षण गर्नु सरकारको दायित्व भएको र यसप्रति सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।  ।

प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले उद्योग मैत्री वातावरण निर्माण आवश्यक भएको बताउँदै आयातलाई प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

यस्तै प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले मयुरधाप औदोगिक क्षेत्र सञ्चालन गर्नु पर्नेमा जोड दिँदै। युवालाई देशमा नै रोक्न नयाँ उद्योग स्थापना र बन्द उद्योग सञ्चालन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्देशका सभापति ईन्द्रबहादुर बानियाँले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्या परेको बताउँदै विकास खर्च गर्ने क्षमता बढाउनु आवश्यक भएको बताउनुभयो । 

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलको अध्यक्षतमा भएको कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त, औद्योगिक क्षेत्र उद्योग महासहासङ्घ अध्यक्ष रामहिरा पाठक, उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाल, उद्योग सङ्घ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रीनाथ शर्मालगायतले उद्योग सम्बन्धी नीतिगत सुधार आवश्यक भएको बताउनुभयो । 

यस्तै, सङ्घको साधारण सभाको अवसरमा गोरखापत्रका बागमती प्रदेश संयोजक राममणि दाहाललाई सम्मान गरिएको थियो । 

गोरखापत्रका मकवानपुर समाचारदातासमेत रहनुभएका दाहाललाई पत्रकारिताको माध्यमबाट मकवानपुर जिल्लाको औद्योगिक विकासमा योगदान पु¥याएवापत सम्मान गरिएको होे ।

अध्यक्षमा शर्मा निर्वाचित 

यसैबीच, उद्योग सङ्घ मकवानपुरको अध्यक्ष बद्रीनाथ शर्मा निर्वाचित हुनुभएको छ ।

सङ्घको २२ औँ साधारणसभा तथा अधिवेशनले शर्मालाई दुई वर्षका लागि निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । 

सङ्घको वरिष्ठ उपाध्यक्ष श्रीहरि मास्के, उपाध्यक्षमा किशोर अर्याल, महासचिवमा सुयशराज पराजुली, सचिवमा शिरोमणि प्याकुरेल र कोषाध्यक्षमा बुद्धराज अर्याल निर्वाचित हुनुभएको छ ।

यस्तै, कार्यसमिति सदस्यहरुमा हरिहर अर्याल, लिला चन्द्र तिमिल्सिना, नवराज मिश्र, ज्ञानराज लामा, केदार अर्याल, समीक्षा दाहाल, स्वीकृतराज पराजुली र मनोज रावल निर्विरोध निर्वाचित हुनुभएको छ ।