• २१ असार २०८१, शुक्रबार

आफैँले काटेको हाँगाले च्यापिएर मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, पुस २८ गते । मकवानपुरमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका योगेश अर्यालको आफैँले काटेको हागाले लागेपछि रुखमा च्यापिएर शनिबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २० अर्यालको स्थानीय सोल्टीचोक नजिकै रुखमा चढी सोही रुखको हाँगा काट्ने क्रममा हाँगाले निजको काँधमा लागी रुखमा च्यापिएर मृत्यु भएको जनाएको छ ।  अर्याल रुखमा च्यापिएको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी टोली गई हेर्दा निज अर्यालको मृत्यु भइसकेको पाइएको र रुखबाट शप निकालेर कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीको भनाइ छ ।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका ३ कौगेडीस्थित माइती घरमा बस्दै आएकी सावित्री पाण्डेलाई घरबाट करिब सय मिटर पूर्व गोरेटो बाटोमा मृत अवस्थामा फेला पारिएको छ । ६१ वर्षीया पाण्डेको शव परीक्षणका लागि हेटौँडा पठाइएको प्रहरीले जनाएको छ ।