व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’
एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ खारखोलास्थित पञ्चकन्या झरना यतिले यहाँ आउने सबैको आकर्षक गन्तव्य बनेको छ ।
राष्ट्रिय सभा निर्वाचन : मतपत्र ढुवानीका लागि सुरक्षा प्रबन्ध मिलाउन निर्देशन
निर्वाचन आयोगले मतपत्र ढुवानीका लागि गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।
बाथरोग जागरण अभियान सञ्चालन
बाथरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको संयुक्त आयोजनामा एक महिनाभर ‘बाथरोग जागरण अभियान’ सञ्चालन हुने भएको छ ।
मदिराको कालो बजारी : खुकुरी रमदेखि ब्ल्याक लेबलसम्म नक्कली
काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार युगाण्डा प्रस्थान गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ ।
भिजिट भिसामा विदेश जानेको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल
खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।
गुठीको सम्पत्ति कति छ भन्ने अभिलेख छैन : डा. शिवराज पण्डित अध्यक्ष, गुठी संस्थान
नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी संस्थानको आफ्नै महत्व र विशेषता पनि रहेको छ ।
सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू. चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।
स्थानीय उत्पादन प्रवर्द्धन गर्न मनहरी महोत्सव
मनहरी पुल नजिकैको खोला किनारमा पाँचौं मनहरी महोत्सवको आयोजना गर्न लागिएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको हो ।
सामाजिक परीक्षण सुनुवाइमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता
काठमाडौं महानगरपालिका–१६ वडामा रहेको उक्त विद्यालयले सामाजिक परीक्षण सुुनुवाइ कार्यक्रममा विद्यालयको आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० को आर्थिक आयव्यय विवरण, शैक्षिक विवरण प्रस्तुत गरिएकाे थियो ।
सुस्वास्थ्य अस्पतालले गर्यो नसा च्यापिएका बिरामीको ९० प्रतिशत सफल उपचार
बानेश्वर मीनभवनस्थित सुस्वास्थ्य हस्पिटलमा आउने नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त भएको छ ।
जिपलाइनमा रमाउँदै
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले काठमाडौंको चोमार क्षेत्रमा जे.भी एडभान्चर प्रा.लि. द्वारा काठमाडौंको चोभार क्षेत्रमा तयार परिएको ‘चोभार गोर्ज क्यानोेपी जिपलाइनमा’ रमाउँदै सर्वसाधारण । उक्त क्षेत्रमा करिब तीन अर्बको लगानीमा स्काइ ब्रिज, बञ्जी, रक क्लाइम्बिङ र होटल सञ्चानलमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । २०२५ भित्रमा स्काइ ब्रज, बञ्जी र रक क्लाइम्बिङ भने सञ्चालनमा आइसक्ने कम्पनीले जनाएको छ ।
मेलम्चीकाे खानेपानी पाइएन, यी नम्बरमा सम्पर्क गर्नुस्
सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न समेत निर्देशन दिएको छ ।
दुग्ध पदार्थ मौज्दात राख्न कोल्ड स्टोर अभाव
डेरी उद्योगीले दुग्धजन्य पदार्थ अत्यधिक मौज्दात रहन गएकाले त्यसलाई भण्डारण गर्न शीतभण्डारको अभाव रहेको बताएका छन् । आफ्नो रजत जयन्तीको उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । डेरी उद्योगी एवं एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले पाँच अर्ब रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको तर त्यसलाई राख्ने ठाउँ नभएर बिग्रिने अवस्थामा पुगेको बताउनुभयो ।
बागमती प्रदेशको खर्च १७ प्रतिशतभन्दा कम
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ ।
ग्रामीण क्षेत्रमा सहरीकरण बढ्दै
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा सहरीकरण बढ्दै गएको छ । सिन्धुली जिल्ला हुँदै निर्माण भएका तीन ठुला राजमार्गले यातायातको सहज पहुँच विस्तारसँगै ग्रामीण क्षेत्र सहरोन्मुख भएको हो । बिपी राजमार्ग, मध्यपहाडी
कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा हिमपात
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।
कुमाल भेषभूषा र संस्कृति
चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनीहरुले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवकयुवती ।
अझै टेकाकै भरमा सम्पदाहरू
२०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन ।
वैदेशिक रोजगारीमा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।